Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीले पुरा गर्यो ५ वर्ष : ‘पाँ…च वर्ष’ कि ‘मात्र ५ वर्ष’ त ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १६ : ५८ मा प्रकाशित

खल्तीले पुरा गर्यो ५ वर्ष : ‘पाँ…च वर्ष’ कि ‘मात्र ५ वर्ष’ त ?

२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘'खल्ती'’ ले आज आफ्नो ५औं वार्षिकोत्सव मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।

यस ५ वर्ष लाई 'पाँ…च वर्ष’ मान्ने कि ‘मात्र ५ वर्ष’ त ?

कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। 'खल्ती' ले पनि आफ्नो ५ वर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा 'खल्ती', ‘मात्र ५ वर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ । 

युवाहरु माझ बढी प्रचलित ‘'खल्ती'’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको 'खल्ती' को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ। आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरी यसलाई फेरी पनि सावित गर्न सफल भएको छ।  

यसै अवसरमा 'खल्ती' का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “आगामी दिनहरूमा हरेक उमेर समुहलाई 'खल्ती' प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ 'खल्ती'लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष-अप्रत्यक्ष रुपमा 'खल्ती'सँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई 'खल्ती' टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।” 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको