Like us!
Follow us!
Connect us!
Watch us!

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १२ : ०८ मा प्रकाशित

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिएका छन् ।

नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सोही मान्यताअनुसार पदावधि समाप्त हुनुअघि नै नयाँ चुनाव गर्नुपर्ने व्यवस्था गरिएको उनले जिकिर गरेका छन् । 

नेता थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ संविधानमा तिनतहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन। यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा अघि बढेपछि राप्रपा पूर्वअध्यक्ष थापाले खबरदारी गर्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको