Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्टमा बन्यो बुलिश मारुबोजु, के बजार बढ्ने नै हो त ?

बसन्त पाण्डे

आइतबार, १६ माघ २०७८, १६ : ०५ मा प्रकाशित

नेप्सेको चार्टमा बन्यो बुलिश मारुबोजु, के बजार बढ्ने नै हो त ?

साताको पहिलो दिन आज आइतबार सेयर बजारमा उछाल आएको छ।  नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ भने करिब ६ अर्ब ३२ करोडको कारोबार भएको छ।  यसअघि २९८३ को बिन्दुसम्म पुग्दै सो बिन्दुबाट खसेको नेप्से घट्दै २७६० को बिन्दुसम्म आइपुगेको थियो भने आज २८८५.५३ को बिन्दुमा क्लोज भएको छ।  बजार घट्दै गर्दा कारोबार रकम न्युन हुँदै जानुले बजारमा सेलिङ्ग प्रेसर नरहेको संकेत गरिसकेको थियो भने आज बजार उच्च अंकले बढ्दै गर्दा उच्च रकमको कारोबार हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ।  

किन बढ्यो आज बजार ? 
आज प्रि ओपन सेसन देखि नै बजार उच्च अंकले बढेको थियो।  हिजो सत्तारुढ दलहरुको बैठकले  जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेपछि अलिकति पछाडी धकेलिने भनिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न्न हुने र देश निर्वाचनमा जाँदै गर्दा अन्तर कुन्तरमा लुकेर बसेका पैसा पनि सर्वसाधारण जनताको हातमा पर्ने र त्यो पैसा अन्तत: बैंकिंग प्रणालीमै गई अहिले देखिएको तरलता संकटको समाधान हुने अपेक्षा लगानीकर्ताहरुले गरेका छन।  त्यसैले निर्वाचन जेठभित्रै सम्पन्न  गर्न सत्तारुढ दलहरुको बैठकले सरकारलाइ सिफारिस गर्ने निर्णय गरे संगै आज सेयर बजारमा उछाल आएको हो। 

प्राविधिक रुपमा के देखियो ? 

नेप्सेको डेली चार्टमा आज बनेको क्यानडललाइ बुलिश मारुबोजु भनिन्छ।  बुलिश मारुबोजु क्यान्डल बन्दै गर्दा उच्च संख्यामा सेयर कारोबार कारोबार हुनुले आगामी दिनमा बजार बढेर जाने संकेत गर्दछ। यसले लगानीकर्तामा अब सेयर बजार बढेरै माथितिर जान्छ भन्ने सेन्टिमेन्ट बलियो बनेर गएको संकेत पनि गर्दछ।  

यसअघि नेप्सेले २०० दिनको मुभिङ्ग एभ्रेजको लाइनमा सपोर्ट लिएको थियो।  २७८० को एरिया भनेको नेप्सेको २०० दिनको मुभिङ्ग एभ्रेजको एरिया हो। आज बजार बढ्दै गर्दा बजार २०० दिनको मुभिङ्ग एभरेज एरिया भन्दा धेरै माथि गएर क्लोज भएको छ जुन निकै सकारात्मक पक्ष हो।  

अब लगानीकर्ताले के कुरामा ध्यान दिने ?

आज बजारले उच्च अंकले बढे तापनि बजारको डाउन ट्रेन्ड ब्रेक भैसकेको अवस्था होइन।  बजार २९८३ को बिन्दुबाट खस्दै गर्दा बनेको डाउन ट्रेन्ड ब्रेक गर्न बजारले २९२५ को एरियालाइ ब्रेक गर्नुपर्ने हुन्छ।  यदि बजार २९२५ भन्दा माथि माथि नै बस्न सफल हुन्छ भने छोटो समयभित्रै बजारको यात्रा ३११५ सम्मको हुन सक्ने देखिन्छ (फ़िबोनासिको आधारमा) । त्यसैले भोलि बजार बढ्दै गर्दा २९२५ को बिन्दुलाई बजारले भोलुम सहित क्रस गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण हुनेछ।  बजार २९६० तिर हुँदै सेल सिग्नल दिएको Stoch  RSI को फास्ट लाइनले स्लो लाइनलाइ तलबाट काटेर 
माथितिर जान थालेको छ।  अहिले Stochastic RSI १४ को लेभलमा छ, यदि भोलि यो २० भन्दा माथि गयो र बजार पनि २९२५ भन्दा माथि नै बस्न सक्ने अवस्था बन्यो भने बजारमा एउटा अर्को नयाँ यात्राको आरम्भ हुनसक्ने सम्भावना बढेर गएको छ।  

ट्रेडर /लगानीकर्तालाई विष्णु बस्यालको Market Prescription:२७४०मा राम्रो सपोर्ट Bishnu Prasad Basyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको