Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय निर्वाचन जेठ ५ भित्रै गर्ने तयारी

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १२ : २० मा प्रकाशित

स्थानीय निर्वाचन जेठ ५ भित्रै गर्ने तयारी

सरकारले स्थानीय निर्वाचन जेठ ५ भित्रै गर्ने तयारी गरेकाे छ ।

निर्वाचन आयोगले जेठ ५ भन्दा पछि स्थानीय निर्वाचन गर्दा कानुन संशोधन गर्नुपर्ने हुनाले जेठ ५ भित्र स्थानीय तहकाे निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ । 

जेठ ५ भन्दा पछि स्थानीय निर्वाचन गर्दा निर्वाचन आयोगले सहमति नजनाउने भएकाे छ । आज साँझसम्म आयोगसँग छलफल गरेर सरकारले जेठ ५ भित्रै चुनाव गर्ने गरी मिति तय गर्ने निर्णय हुनसक्ने एक मन्त्रीले बताएका छन् ।

संविधानविद्हरूले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधान अनुसार बनाउनुपर्ने सुझाव सरकारलाई दिएका थिए।

त्यसैगरी, हालै बसेको सत्तारूढ गठबन्धन बैठकमा पनि स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति बनेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको