Like us!
Follow us!
Connect us!
Watch us!

अब बस्ने मन्त्रिपरिषद् बैठकले ४ जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्छ : प्रधानमन्त्री देउवा

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १७ : ०४ मा प्रकाशित

अब बस्ने मन्त्रिपरिषद् बैठकले ४ जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले ४ जेठ २०७९ मै स्थानीय तहको एकै चरणमा निर्वाचन गर्नेगरी अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने जानकारी गराएका हुन् । 

सोही छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्नेबारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा राखेका थिए । आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट ४ जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराएका हुन् । 

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।

यसअघि सोमबार कांग्रेस सभापतिसमेत रहेका  प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराइसकेका थिए । 

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको