Like us!
Follow us!
Connect us!
Watch us!

भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने निफ्राको फाइल ऊर्जा मन्त्रालयमा

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १९ : ३८ मा प्रकाशित

भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने निफ्राको फाइल ऊर्जा मन्त्रालयमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ ।

बैंकले भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयमा पठाएको थियो।  उक्त फाइल माथि तिब्र छलफलमा रहेको बुझिएको छ। 

ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयमा अहिले छलफल हुन थालेको छ । नेपालको विद्युत् छिमेकी मुलुकमा बेच्न सक्ने क्षमता अध्ययन गरेर मन्त्रालय निफ्रालाई विदेशी कम्पनीहरुको सहकार्यमा ‘विद्युत् व्यापार कम्पनी’ खोल्न दिने विषयमा सकारात्मक रहेको बताइएको छ । 

मन्त्रालयले कार्यविधि र त्योसँग सम्बन्धित विषयमा कागज पत्र तयार गर्ने प्रक्रिया सुरु भएको र  मन्त्रालयले अहिले विद्युत् प्राधिकरण र सम्बन्धित महाशाखामा छलफल गरिरहेको बुझिएको छ। 

निफ्राले प्रस्ताव गरेको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ । उक्त कम्पनीमा विदेशी कम्पनीहरूको ३६, निफ्राको १५ देखि २०, सरकार तथा नेपाल विद्युत् प्राधिकरणको २०, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले २५ देखि ३० र सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) का लागि १० प्रतिशतसम्म स्वामित्व हुने प्रस्ताव गरिएको बुझिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको