प्रमुख प्रतिपक्षी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।
निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस