विभिन्न ३ वटा कम्पनीहरूकाे वार्षिक साधारण सभा आज (माघ २१ गते, शुक्रबार) हुँदैछ । जसमध्ये, २ वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ ।
१. एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा आज माघ २१ गते, शुक्रबार एशियन लाईफ भवन, मैतीदेवी, काठमाडाैँमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजका लगि कम्पनीले माघ १२ गते बुकक्लोज गरेको थियाे । त्यसैले, माघ ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारण सभा आज माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीका शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले ५ माघदेखि २१ गतेसम्म बुक क्लोज गरेकाे छ । त्यसैले, ४ माघसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेड
ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाह्राैँ वार्षिक साधारण सभा आज माघ २१ गते, शुक्रबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागी सञ्चालक समितिले निर्णय गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट पाैष ५ मा नियुक्त भएका लेखापरीक्षक छितिज शर्मा एण्ड एशोसिएट्सका लेखापरिक्षक सि.ए. छितिज शर्माको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालकहरुको पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालकहरुको बैठक भत्ता सिफारिस गर्ने, कम्पनीको संस्थापक समूह "क" बाट ५ जना तथा सर्वसाधारण समूह "ख" बाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि माघ ९ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले माघ ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस