Like us!
Follow us!
Connect us!
Watch us!

चुनावको मितिबारे कहिले हुन्छ निर्णय ?

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, ०८ : ४३ मा प्रकाशित

चुनावको मितिबारे कहिले हुन्छ निर्णय ?

स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो । 

निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिएका थिए । त्यसै अनुरुप निर्वाच आयोग स्थानीय तह निर्वाचनको तयारीमा जुटेको थियाे । तर, निर्वाचनको मिति घोषणा हुन सकेको छैन । 

सामान्यता मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ ।एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा स्थानीय तहको निर्वाचनको घोषणा ओझेलमा परेको देखिएको छ । 

एमसिसी पास गराउनु पर्ने दबाबमा रहेका देउवाले गठबन्धन दलहरुसँगको सहमतिमा यसलाई पास गर्दै निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको कतिपयको आँकलन रहेको छ । 

स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित चुनावी मैदानमा जान चाहिरेहका माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि देउवाले एमसिसी पास गर्न दबाब बढाइरहेका छन् ।

यदी त्यसो हुन नसके गठबन्धनको भविष्य नै अन्योलनमा पर्ने सम्भावना रहेको विषयमा समेत चर्चा भइरहँदा देउवाले निर्वाचन मितिबारे भन्दा पनि एमसिसी पास गर्ने विषयमा बढी जोड दिइरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको