Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टोको कारोबार रोक्न किन आक्रमक बन्दैछ सरकार ? नेपालकै भर्चुअल करेन्सी कति सम्भव ?

धिरज पौडेल

धिरज पौड्याल

आइतबार, २३ माघ २०७८, १२ : २५ मा प्रकाशित

क्रिप्टोको कारोबार रोक्न किन आक्रमक बन्दैछ सरकार ? नेपालकै भर्चुअल करेन्सी कति सम्भव ?

क्रिप्टोकरेन्सी तथा भर्चुअल मुद्रालाई वैधानिकता दिने वा नदिने विषय अहिले विश्वभरी चर्चाको शिखरमा छ । नेपालमा केही समययता क्रिप्टोकरेन्सी प्रयोगमा कडाइका साथ यसमा संलग्नहरुलाई पक्राउ गर्नेसम्मका कदमहरू चालेको छ । 

क्रिप्टोकरेन्सी तथा ब्लकचेन प्रविधिमा अनुसन्धान गर्दै आइरहेका व्यक्तिहरू तथा अहिले NFT को प्रयोगले धेरैले धेरै मुद्रा आर्जन गर्न सफल रहेका कुरा चर्चामा आउदा सरकारले प्रतिबन्ध लगाएर यसको सदुपयोगमा वञ्चित गरेको भन्ने विचारहरू सामाजिक सञ्चाल फेसबुकका विभिन्न ग्रुप तथा व्यक्तिगत वालमा देख्न सकिन्छ । क्रिप्टोकरेन्सी प्रयोगले राज्यमा आउने रेमिट्यान्स फेरि विदेशिने तथा विदेशमा रहेका व्यक्तिहरूले क्रिप्टोकरेन्सीमा लगानी गर्दा नेपाल भित्रिने रेमिट्यान्स घटेको आशंकाका साथ थप कडाइ गर्ने कदम चालेको बुझ्न सकिन्छ । 

अहिले युवाहरुबीच क्रिप्टोकरेन्सी बहसको विषय बनेको छ र विभिन्न संघ संस्थाहरुले यसबारे अन्तरक्रियाका कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेका छन् ।  वित्तीय साक्षरताको कमीका कारण क्रिप्टोकरेन्सीबाट ठगिने सम्भावना रहने हुँदा वित्तीय साक्षरता बढाउन सरकारले पहल गर्नुको सट्टा प्रतिबन्ध लगाउनाले सरकारले नियन्त्रणको सहज उपाय अपनाउन खोजेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका छन् । 

नेपालमा राज्य सञ्चालनका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूले यसबारे विभिन्न समयमा विभिन्न विचारहरू राख्दै आएका छन् । हामी यहाँ पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, सुरेन्द्र पाण्डे र हालका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विगतमा दिएका विचारलाई राखेका छौँ।  

वि सं २०७७ असोज १७ गते बुधबारका दिन एपी १ एचडीमा प्रसारित कार्यक्रम दी ब्रभो डेल्टा शो मा पत्रकार भुषण दाहालसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्रिप्टोकरेन्सी बारे राखेको विचार यसप्रकार रहेको छः
 
पत्रकारः क्रिप्टोकरेन्सी बारे गभर्नर को धारणा ?

गभर्नरः क्रिप्टोकरेन्सी अहिलेलाई सबै मुलुकमा वैधानिक भने छैन , हुनसक्छ हुनै नहुने भन्ने हैन हाम्रो आफ्नै नेपालकै भर्चुअल करेन्सी न आर बि  कै भर्चुअल  करेन्सी भोलि बन्न सक्छ तर यो भनिरहँदा हामीले बीटक्वाइन वा अर्को कुनै क्वाइन लाई हामीले यहाँ पर्मिट दिनुपर्छ यहाँ कारोबार गराउनुपर्छ भन्ने बाध्यता हैन , मुलुकको आफ्नो भर्चुअल  करेन्सी ल्याउने भने त्यो चाहीँ हुनसक्छ ।

पत्रकारः कतै सोचाइमा छ ?

गभर्नरः त्यो त राख्नै पर्दछ दिमागमा राख्नै पर्ने विषय हो आजका मुलुकहरू सोचिरहेका छन् तर त्यो भनिरहँदा सबैकुरा हाम्रो नियन्त्रणमा रहनुपर्यो हाम्रो मौद्रिक प्यारामिटर भित्र हाम्रो नियन्त्रणमा रहानुपर्यो तर दिमागमा हामीले यो कुरा राखेका छौ ।

यस्तै नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिक उत्सवको  (२०७७ जेठ २५) अवसरमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले  क्रिप्टोकरेन्सी खुला गर्ने इच्छा प्रकट गरेका थिए । २०१७ सालबाट नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैधानिक मान्दै आएको छ उक्त समयमा डा. खतिवडाको उक्त भनाइलाई क्रिप्टोकरेन्सी अनुसन्धानकर्ताहरूले विशेष चासो र सकारात्मक प्रकट गरेका थिए। 

बदलिँदो आर्थिक कारोबारको परिस्थितिमा हामीले भिर्चुअल मुद्रामा कारोबार गर्ने परिस्थिती देखिएको जनाउँदै, हामीले भर्चुअल करेन्सीजस्तो क्राउड सोर्सिङदेखि क्लाउड सोर्सिङसम्मको प्रयोग गरेर जानु पर्नेछ र यसका लागि हामीले हाम्रो क्षमता बढाउनुपर्छ,जनतामा साक्षरता बढाउनका साथै वित्तीय क्षेत्रका नियमनकारी निकायहरुले समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि यसको सम्भावनाको अध्यन गरेर विश्व विनिमय अनुकूल हुनेगरी प्रयोग गर्दै जानुपर्ने जनाएका थिए। प्रत्येक प्रविधि परिवर्तनमा नयाँ हरुलाई अवसर हुने हुँदा यसप्रति अध्यान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। 

यो पनिः किन बढिरहेको छ क्रिप्टोकरेन्सीको प्रयोग रु नेपालमा के छ अवस्था ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको