Like us!
Follow us!
Connect us!
Watch us!

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, ०७ : ०२ मा प्रकाशित

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ । 

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो। 

हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयाेगकाे प्रारम्भिक तथ्यांक छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको