Like us!
Follow us!
Connect us!
Watch us!

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक, एमसीसी टेबुल गर्ने बारे निर्णय हुने

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १६ : ०२ मा प्रकाशित

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक, एमसीसी टेबुल गर्ने बारे निर्णय हुने

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।

सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको