Like us!
Follow us!
Connect us!
Watch us!

महत्वपूर्ण सपोर्ट एरियामा नेप्से, भोलिको बजार कस्तो रहला ?

बसन्त पाण्डे

मंगलबार, २५ माघ २०७८, १७ : ०२ मा प्रकाशित

महत्वपूर्ण सपोर्ट एरियामा नेप्से, भोलिको बजार कस्तो रहला ?

हिजो सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आज सेयर बजारमा उछाल आउने आम लगानीकर्ताको अपेक्षा विपरित नेप्सेमा  दोहोरो अंकको गिरावट आएको छ।  ग्याप अप ओपनिङ्ग हुँदै बढेको बजार यसरी घट्ला भन्ने अपेक्षा लगानीकर्ताहरुले गरेका थिएनन। तर बजार बढेको मौका पारी बेच्न तयार भएर बसेका ठुला तथा संस्थागत लगानीकर्ताहरुले ठुलो परिमाणमा सेयर बेच्दा बजार घट्न पुगेको देखिन्छ।  

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

प्रि - ओपनिङ्ग सेसनमा २५ अंकले बढेको बजार सुरुवाती चरणमा उच्च अंकले बढेको थियो। आज बजार बढ्ने क्रममा २९२० को बिन्दुसम्म पुग्यो। त्यसपछि तलतिर झर्न थालेको बजार लगातार झरिरह्यो। आज बजार घट्ने क्रममा २८२६ को बिन्दुसम्म आइपुग्यो र अन्त्यमा २८३५.५८ को बिन्दुमा क्लोज भएको छ। 

इन्डिकेटरहरुले कस्तो संकेत गर्दैछन ?

RSI

नेप्सेको डेली चार्टमा RSI ५३.९६ को लेभलमा पुगेको छ।  बजार २९८३ पुग्दा RSI ७३ भन्दा माथिल्लो लेभलमा पुगेको थियो।  त्यसपछि बजार घट्दै गर्दा RSI पनि निरन्तर ओरालो लागिरहेको छ।  ५३ को लेभलको RSI ले बजार त्यति बलियो अवस्थामा नरहेको संकेत गर्दछ। ५० देखि ६० को बिचको RSI ले साइडवेज मार्केटको प्रतिनिधित्व गर्ने गर्दछ भने RSI ५० भन्दा पनि तल खस्दै गएको खण्डमा बजारको यात्रा अझै तलतिरको हुन सक्ने सम्भावना बढेर जानेछ।   

MACD

यसअघि बजार २९८३ को लेभलबाट खस्दै गर्दा २८०० को बिन्दुतिर आईसकेपछि MACD ले वियरिस क्रसओभर दिएको थियो।  त्यसपछि बजार साइडवेजमा अघि बढेको थियो।  अहिले MACD को हिस्टोग्राम तलतिर लामा लामा हुँदै गैरहेका छन। यसले बजारमा बिक्रि चाप बढ्दै गएको संकेत गरेको छ।  

बुलिंगर ब्याण्ड 

यस अघि मिडल बुलिंगर ब्याण्डलाइ सपोर्ट बनाउँदै बजार बढेको थियो तर अहिले मिडल बुलिंगर ब्याण्डभन्दा पनि तल बजार खसेको अवस्था हो। मिडल बुलिंगर ब्याण्डभन्दा तल बजार आउंदै गर्दा बजार घटेर लोवर ब्याण्डसम्म पनि आउन सक्ने सम्भावना रहन्छ।  

अब कस्तो रहला बजार ?

१ घन्टे चार्टमा बजारलाई नियाल्दा: 

बजार २२६० को बिन्दुबाट बढ्दै गई २९८३ को बिन्दुसम्म पुगेको थियो।  २९८३ को बिन्दुबाट घट्दै २७७० को बिन्दुसम्म बजार झर्यो र २७७० को बिन्दुलाई सपोर्ट बनाएर बजार बढ्दै २९२७ को बिन्दुसम्म पुग्यो।  २९२७ बाट खसेको बजारले २८२२ को बिन्दुमा सपोर्ट लियो र २८२२ को बिन्दुबाट बढ्दै २९२० को बिन्दुसम्म पुगेर त्यहाँबाट खस्न थालेको छ।  बजारले २२६० बाट माथि जाँदै गर्दा बनेको अप ट्रेन्डलाइ त २८५० को बिन्दुबाट तलतिर खस्दै गर्दा ब्रेक गरिसकेको छ।  तर बजार २९८३ को बिन्दुबाट खस्दै गर्दा एउटा प्याटर्नमा बजार चलिरहेको देखिन्छ।  आज बजार जुन बिन्दुमा क्लोज भएको छ त्यो पनि एउटा सपोर्टको एरिया हो।  भोलि यदि बजार २८३० भन्दा माथि बाटै बढ्न थाल्छ र बढ्दै गई २९१० भन्दा माथि क्लोज हुन्छ भने बजारले फेरी माथितिरकै यात्रा समात्ने छ भने २८३० को बिन्दु भन्दा तलतिर क्लोजिंग दिएमा बजारको यात्रा तलतिरकै हुनसक्ने सम्भावना बढेर जानेछ।  

 

किन बन्दैछ निफ्रा बजारको हट केक ?

चुनाब हुनु नै सेयरबजार बढ्ने आधार हो त ? सकारात्मक प्रभाव के हुनसक्छ ? | Nayan Bastola

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको