Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा बारम्बार भूकम्प जानुको नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले

अर्थ संसार

बुधबार, २६ माघ २०७८, ११ : ३२ मा प्रकाशित

जापानमा बारम्बार भूकम्प जानुको नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले

जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा  जापानीले बारम्बार भूकम्प महशुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरुले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरुका अनुसार दक्षिणी जापानमा ठूलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला रास हुन सक्छन् । 

वैज्ञानिकहरुले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठूला भूकम्पहरुबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरुमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरुको भनाई छ ।

‘कहिले, कहाँ र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यवाणी गर्न सकिँदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउदा हामी निकट भविष्यका प्रक्रियाहरु अनुमान सुरु गर्न सक्छौं,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाईलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उदृत गरेको छ । 

कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरुले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरु समावेश गरिएको थियो । 

अहिलेसम्मकै ठूलो सेस्मिक डाटालाई  विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टार ५ लाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरु विश्वास गर्छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको