Like us!
Follow us!
Connect us!
Watch us!

२२ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘करेक्सनमा भोलुम घट्नु सकारात्मक, छिट्टै लयमा फर्कन्छ’

नेप्से

बुधबार, २६ माघ २०७८, १४ : ५३ मा प्रकाशित

२२ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘करेक्सनमा भोलुम घट्नु सकारात्मक, छिट्टै लयमा फर्कन्छ’

आज (बुधबार) पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । चुनावको मिति तोकिँदा सेयर बजारमा सकारात्मक उछाल देखिने लगानीकर्ताको अपेक्षा थियो तर चुनाव घोषणा पछिको आज दोस्रो दिन पनि बजार घटेको छ ।  

आज नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम ब्यापक घट्नुले आगामी दिनका लागि सकारात्मक संकेत गर्ने तर्क गर्छन सक्रिय लगानीकर्ता शेखर लामिछाने । 'यसरी बजार घट्दा भोलुम ड्राई हुनुले लगानीकर्ताहरु सस्तोमा सेयर बेच्न तयार छैनन् भन्ने संकेत गछए जुन आगामी दिनका लागि सुखद् संकेत पनि हो अब केहि दिनमा धितोपत्र बोर्डले पनि नेतृत्व पाँउदैछ देश चुनावमा हुमिदैछ' उनले भने 'अहिले राष्ट्र बैंक मौद्रिक नितिको दोस्रो त्रैमासिक समिक्षाको तयारीमा समेत छ चुनावको मुखैमा हुन लागेको यो समिक्षा पक्कै पनि बजारलाई नकारात्मक प्रभाव पार्ने गरी आउने छैन सकेसम्म केहि सकारात्मक नै आउने अपेक्षा गर्न सकिन्छ त्यसैल समग्रमा अहिले आत्तिनु पर्ने अवस्था छैन यो करेक्सनलाई खरिद अवसरमा बदल्ने लगानीकताहरुले नै जित्ने देख्छु म ।'

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । नेप्से ०.७८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.५१ अंकले घटेर ५२८.९९ विन्दुमा झरेको छ ।

कूल २२३ वटा कम्पनीको ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । 

त्यसैगरी, बुधबार पनि कारोबारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीको १८ करोड ६१ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ३.०८ प्रतिशतले बढेर ४ सय १ रूपैयाँ पुगेको छ ।

यस दिन बुद्धभुमी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेर ६ सय ८६ रूपैयाँ कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको