Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफको नाफा ६९.३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ११ : ०४ मा प्रकाशित

सानिमा लाइफको नाफा ६९.३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ६९.३६ प्रतिशतले बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २१.५२ प्रतिशतले बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी २ अर्ब रुपैयाँ र जगेडा काेषमा ३३ कराेड २३ लाख ४६ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे जीवन बीमा काेषको आकार ७३.५२ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6204a2a3ad523.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको