Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामा एक खर्ब १० अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, १८ : ४६ मा प्रकाशित

६ महिनामा एक खर्ब १० अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता

नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

२०७७ साउन देखि पुस मसान्तसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ६ अर्ब ८५ करोड २६ लाख (६.१८ प्रतिशत) र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ३ अर्ब ९९ करोड (९३.८२ प्रतिशत) रहेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विकास आयोजना÷कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब २३ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको