Like us!
Follow us!
Connect us!
Watch us!

छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

अर्थ संसार

शनिबार, २९ माघ २०७८, ०६ : ३० मा प्रकाशित

छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

चालू आर्थिक बर्ष २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।

अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा ९ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ ।

जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ कराेड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको