लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले 'पठाओ इन्स्योरेन्स हेल्पलाइन' सुरु गरेको छ ।
हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।
पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि विषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी विभागिय विशेषज्ञले आवश्यक परामर्श दिनेछन् ।
नेपालमै पहिलोपटक 'राइड सेयरिङ बिमा' सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराएको छ ।
पठाओको राइड सेयरिङ बिमा बारे थप जानकारी पठाओको वेबसाइटमा हेर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस