Like us!
Follow us!
Connect us!
Watch us!

३० प्रतिशत हकप्रद निष्कासन गर्न लागेकाे शिखर इन्स्योरेन्सकाे कस्ताे छ वित्तीय अवस्था ?

अर्थ संसार

शनिबार, २९ माघ २०७८, १३ : ५३ मा प्रकाशित

३० प्रतिशत हकप्रद निष्कासन गर्न लागेकाे शिखर इन्स्योरेन्सकाे कस्ताे छ वित्तीय अवस्था ?

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ०.६६ प्रतिशतले बढेर २४ करोड ३० लाख १० हजार रुपैयाँ पुगेकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क २.३८ प्रतिशतले बढेर ७६ करोड २२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ७४ करोड ४५ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ र जगेडा कोषमा ७८ करोड ९२ लाख ६३ हजार रुपैयाँ सञ्चित रहेको छ ।त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६४ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ९७ पैसा रहेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62076caa88c96.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको