Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से महत्वपुर्ण एरियामा : बजार कता जाला ? (प्राविधिक विश्लेषण)

बसन्त पाण्डे

आइतबार, ०१ फागुन २०७८, १८ : १४ मा प्रकाशित

नेप्से महत्वपुर्ण एरियामा : बजार कता जाला ? (प्राविधिक विश्लेषण)

आज आइतबार १०० अङ्कले घट्दै नेप्से २७०० को बिन्दुमा क्लोज भएको छ। बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर बढाएसँगै बजार उच्च अङ्कले घटेको हो। पछिल्लो समय लगानीकर्ताहरु निक्कै नै रियाक्टिभ बन्दै गैरहेका छन।  समग्र बजारको परिस्थिति, भोलिका दिनहरुमा घट्न सक्ने नराम्रा घटनाहरु वा आर्थिक/राजनीतिक स्तरमा सेयर बजारलाइ प्रभावित पार्न सक्ने गरी हुन सक्ने घटनाहरुको विश्लेषण नै नगरी सेयर कारोबारमा संलग्न हुनेहरुको संख्या बढिरहेको छ।  जसले गर्दा सकारात्मक समाचार आउँदा हौसिएर किन्ने र नकारात्मक समाचार आउँदा आत्तिएर बेच्ने प्रवित्ति बढ्दै गएको देखिएको छ।  

कस्तो रह्यो आजको बजार ?

केहि दिन अघि हामीले सेयर बजारले एउटा महत्वपूर्ण सपोर्ट एरियालाइ ब्रेक गरेको र त्यो भ्यालिड भएमा बजार तलतिरै जान सक्ने विश्लेषण गरेका थियौं। आज बजार प्रि ओपनिङ्ग सेसनदेखि नै घटेको थियो।  कारोबार खुलेको केहि समय नपुग्दै बजार उच्च अङ्कले घटिसकेको थियो।  आज बजार घट्दै गर्दा करिब ६ अर्बको कारोबार भएको छ। बजार घट्दा भोलुम सहित घट्नुले बजार थप घट्न सक्ने संकेत गर्दछ। 

प्राविधिक रुपमा हेर्दा कस्तो देखियो ?

बजार २९८३ को बिन्दुबाट खसेर २७६० को बिन्दुसम्म आयो। २७६० को बिन्दुबाट बढ्न थालेको बजार २९२५ को बिन्दुसम्म पुग्यो र त्यहाँबाट झर्न थाल्यो।  २९२५ बाट झर्दै बजार २८२१ को एरियासम्म आयो र फेरी बढेर २९२० को बिन्दुसम्म पुगेर खस्यो।  २९२० बाट खस्न थालेको बजार आज २७०० को बिन्दुमा आइपुगेको छ। अहिले बजार एउटा समानान्तर च्यानलमा (Parallel Channel) तल माथि गरिरहेको छ। आज बजार जुन ठाउँमा छ त्यो निकै महत्वपूर्ण एरिया हो। १ घण्टे चार्टमा हेर्दा बजार आज ठ्याक्कै समानान्तर च्यानलको तल्लो सपोर्ट लाइनसम्म आइपुगेको छ।  यदि भोलि बजारले यो सपोर्ट लाइनलाई रेस्पेक्ट गर्छ र २७०० भन्दा माथि नै क्लोजिंग हुन सफल हुन्छ भने बजार माथितिर जान सक्ने अवस्था बन्नेछ। तर बजार २७०० भन्दा तलै क्लोज हुन्छ भने बजार घटेर अझै तल जान सक्ने सम्भावना बढेर जानेछ।  

लगानीकर्ताहरुले ध्यान दिनुपर्ने बिन्दुहरु कुन कुन ?

मुख्य कुरा यदि बजार बढ्ने हो भने अहिले बनिरहेको समानान्तर च्यानललाई बजारले रेस्पेक्ट गर्नु अनिवार्य छ।  यदि भोलि नेप्से २७०० भन्दा माथि क्लोज हुन्छ भने बजारले त्यो समानान्तर च्यानललाई  रेस्पेक्ट गरेको ठहर्छ। बजार २७०० बाट माथितिर लाग्दै २७७० देखि २७८५ को बिन्दुसम्म जान सक्छ।  २७०० देखि २७८५ को एरिया भनेको समानान्तर च्यानलको मिडल लाइन हो।  यदि २७८५ लाई पनि ब्रेक गर्दै बजार माथितिर जान सकेको खण्डमा बजार २९०० को बिन्दुसम्म सजिलै पुग्नेछ भने यदि बजार २७०० भन्दा तल नै क्लोज हुन्छ भने बजार झरेर अझै तलतिर जान सक्ने सम्भावना रहन्छ।  

Dr.Keshav Shrestha सँग विशेष सम्वाद: सेयरबजारको अहिलेको अवस्था र लगानीकर्ताले अब लिन पर्ने रणनीति

अहिलेको बोर्ड र व्यस्थापनको मुख्य धेय नै Gurkhas Financeलाई डेभलपमेन्ट बैंक बनाउने Gaurab Budhathoki

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको