Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सर्ट लिस्ट, कसले मार्ला बाजी ?

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, १७ : १८ मा प्रकाशित

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सर्ट लिस्ट, कसले मार्ला बाजी ?

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको छ । 

समितिले डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेलकाे नाम सर्ट लिस्ट गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियाे । ५ जनामा डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेल परेका थिए ।

यी ३ जनामध्ये पनि रमेश हमालको सम्भावना बलियो रहेको बताइन्छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवाकाे निकटका व्यक्ति हुन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेकाे छ । हमाललाई नियुक्ती दिलाउन प्रधानमन्त्री पत्नी आरजु राणा नै लागिपरेको स्रोतको दाबी छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् उनी एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष समेत हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको