Like us!
Follow us!
Connect us!
Watch us!

सफ्टवेयर इञ्जिनियर कसरी बने सेयर गुरु ? भन्छन्, 'Elliott Wave जान्नेहरु सबै ३२०० मा Exit भए'

लगानीकर्ताको आवाज

मंगलबार, ०३ फागुन २०७८, १३ : १४ मा प्रकाशित

पेशाले सफ्टवेयर इन्जिनियर तथा एउटा अस्ट्रेलियन कम्पनीमा संलग्न भई निर्माण सामग्रीहरुको बजार मूल्य फोरकास्ट गर्दै आएका अमुल्य आचार्य पछिल्लो समय लगानीकर्ताहरुले निकै रुचाएका प्राविधिक विश्लेषक हुन्। Elliott Wave Students Nepal नामक युट्युब च्यानल मार्फत इलियट वेभसँग सम्बन्धित सामाग्रीहरु र इलियट वेभमा आधारित रहेर नेप्से तथा विभिन्न कम्पनीहरुको विश्लेषण गर्दै आएका आचार्यले गर्ने फोरकास्टहरु प्राय: मिल्ने गरेको कुरा उनका विद्यार्थी तथा फलोवरहरु बताउँछन्।  

नेप्से ३२०० बाट खस्दै गर्दा इण्डिङ्ग डायगोनल प्याटर्न बनेको र आफुले त्यो बेला बजारबाट निस्किने उपयुक्त समय भएको बताएको स्मरण गर्दै आचार्यले एलियट वेभ फलो गर्ने हरेकले टपमा सेयर बेचेको बताए।  एलियट वेभले बजारमा इन्ट्री गर्ने र एक्जिट गर्ने उपयुक्त पोइन्टहरु इण्डिकेट गर्ने बताउँदै आचार्यले सेयर बजारमा ट्रेडर बन्न चाहने हरेकले टेक्निकल एनालाइसिस सिक्नुपर्ने पनि बताए।  

नेपालको बजारलाई समाचारहरुले धेरै नै प्रभावित पर्ने गरेको भन्दै बजार बढ्दै गर्दा गुड न्युज आउने र गुड न्युज आउँदै गर्दा बजार टप लाग्ने अनि बजार तिब्र रुपमा घट्दा ब्याड न्युजहरु आउने र त्यो बेला नै बजारमा बटम लाग्ने कुरालाई लगानीकर्ताहरुले ख्याल गर्नुपर्ने बताए।  बजारमा टिक्ने भए पोर्टफोलियो बचाउनुपर्छ भन्दै उनले सेयर बजारमा डिफेन्सिभहरुले नै कमाउने पनि उल्लेख गरेका छन् ।  सेयर बजार निकै निर्दयी हुन्छ भन्दै उनले बजारमा कान भन्दा पनि आँखालाई बढी काममा लगाउनु उपयुक्त हुने सुझाए ।  अरुले के भन्दै छन् भन्दा पनि के गर्दैछन भन्ने कुरा महत्वपूर्ण हुने कुरालाई उनले बजार ३२०० बाट खसेर २८०० तिर आउँदै गर्दा आफु दिनभरी सेयर बेच्ने अनि राति क्लब हाउसमा बजार यति सस्तो त कहिले नि आएको थिएन यो त बिल्कुल किन्ने बेला हो भन्ने विश्लेषक पनि आफुले भेटेको उदाहरण दिँदै मान्छे जे भन्दै छ त्यो नगरीरहेको पनि हुनसक्ने कुरामा ध्यान दिनु आवश्यक रहेको बताएका हुन्।  

लगातार बढिरहेको बजारमा यदि रेसिस्टेन्स एरियातिर धेरै भोलुम आउँछ भने त्यतिबेला अलर्ट हुनुपर्ने ठाउँमा नेपालमा चाहिँ धेरै भोलुम आयो भनेर झन् एक्साइटेड हुने प्रचलन रहेको बताउँदै उनले बजार सपोर्ट एरियामा हुँदै गर्दा भोलुम धेरै आउनुलाई चाहिँ बजार बढ्ने संकेतको रुपमा लिन सकिने स्पष्ट पारेका हुन्।  होल्ड इज गोल्ड भन्ने कन्सेप्ट ट्रेडरहरुको लागि उपयुक्त कन्सेप्ट नभएको बताउँदै उनले बजारमा घाटामा बेच्दै बेच्दिन भन्नेले पनि धेरै गुमाउने सम्भावना हुनसक्ने भन्दै तातो फलाममा हात राखेको थाहा भईसकेपछि यसले कति पोल्दो रहेछ हेरौं न त भन्ने मुर्खता गर्नुभन्दा तत्कालै त्यहाँबाट हात निकाले जस्तै गलत ट्रेड लिएको थाहा पाउने बित्तिकै समयमै त्यहाँबाट निस्किनु नै उपयुक्त हुने पनि बताए।

उनै अमुल्य आचार्यसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको