Like us!
Follow us!
Connect us!
Watch us!

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने‘नेपाल लाइफ आइइन्स्योर’जीवन बीमा योजना

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, १४ : २३ मा प्रकाशित

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने‘नेपाल लाइफ आइइन्स्योर’जीवन बीमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरीसबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो ।  

प्रत्येक ब्यक्तिले आफु रहँदा पनि र आफु पछि पनि आफ्नो परिवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ,कुनै पनि समयमा घट्न सक्ने अकल्पनिय घटनाले पारिवारीक जीवनशैलीलाई नै परिवर्तन गर्छ।सबै ब्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ ।

यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।

विशेषताहरुः

नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकालेबीमाशुल्कभुक्तानी गर्न सकिने छ । न्यूनतमबीमाङ्क रकमरू.१,००,०००/–(एक लाख) देखि अधिकतमबीमाङ्क रकमरू. १०,०००,०००/–(एक करोड) सम्मको बीमा गर्न सकिने छ । 

उदाहरण :

३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोडबीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिकरु.५,२०६÷– बीमा शुल्क मात्र लाग्ने छ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोडबीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिकरु.५८,३१०/– बीमा शुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोडबीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दारु.७,३२,१०५/– बीमा शुल्क मात्र लाग्ने छ ।

यस योजनामा समावेश भएका सुविधाहरु :  

बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा१% छुट, अर्ध वार्षिकबीमा शुल्क भुक्तानी तरिका छनौट गर्दाछैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा३ % थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा६ % थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । रु. २५,००,००० सम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने रु. २५,००,००० भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १% छुटको व्यवस्था गरिएको छ । 

समर्पण तथा कर्जा सुविधा

वार्षिक ३किस्ता बीमाशुल्कभुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्यप्राप्तगर्न सकिनेछ ।
तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन । 

दुर्घटना मृत्यु लाभ सुविधा(ADB) :(ऐच्छिक)

१८वर्षदेखिकाबीमितले अतिरिक्तबीमाशुल्कतिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००÷–(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ब्म्द्य०ऐच्छिकसुविधालिन सक्नेछन् ।

बीमाङ्क रकमभुक्तानीपाउने अवस्था :

पूर्ण अवधि भुक्तानि (Maturity Benefit) :

बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात (Maturity)  सम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको  रकम(ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्तादिइने छ।

मृत्यु दावि भुक्तानि (Death  Benefit) :

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट(बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमाबीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्रफिर्तादिइने छ ।

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ । बीमालेख चालु भएको एक वर्ष पश्चातबीमा अवधि भित्र जुनसुकैकारणबाट(बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधाबापतकोे बीमाङ्करकम एकमुष्टभुक्तानी दिइनेछ ।

620b66e73f2b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको