Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता र नेप्सेका सीईओबीच भेटवार्ता, सेयर बजारको हक हितका लागि लड्ने प्रतिवद्धता

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, १७ : ४३ मा प्रकाशित

लगानीकर्ता र नेप्सेका सीईओबीच भेटवार्ता, सेयर बजारको हक हितका लागि लड्ने प्रतिवद्धता

नेपाल पूँजी बजार लगानीकर्ता संघका लगानीकर्ताहरूले  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीसँग भेटवार्ता गरेका छन् । 

संघमा आवद्ध लगानीकर्ता कमल पन्थीको अगुवाईमा गरिएको उक्त भेटवार्तामा लगानीकर्ताहरू केशव अधिकारी, नानी बाबू खरेल र उमेश सुवेदीकाे उपस्थिति रहेकाे थियाे ।

भेटवार्ताका क्रममा सीईओ कार्कीले आफ्नो कार्यकाल भरी आफू सेयर बजार र लगानीकर्ताको हक हितका लागि लड्ने प्रतिवद्धता व्यक्त गरेका पन्थीले बताएका छन् । उनले आफ्नो कार्यकालकाे अवधिमा नेप्सेले राम्राे फड्काे मार्ने दावी समेत गरेका छन् ।

आफ्नो कार्यकालकाे अवधिमा बजारका बेथितिहरूलाई सुधार्न आफू हर सम्भव लागी परेर काम गर्ने विश्वास उनले लगानीकर्ताहरूलाई दिएका छन् । उनले बजारलाई प्रभाव पार्ने गरी ज्ञान नभई जथाभावी बोल्ने विज्ञहरूलाई पनि दायरामा ल्याउने बताए ।

नेप्सेका नयाँ सिईओ Krishna Bahadur Karki सँग विशेष अन्तरवार्ता: के छ पूँजीबजार विकासको भावी योजना ?

भेटवार्ताका क्रममा कार्कीले अहिले सर्वप्रथम आफू इन्ट्रा डे काराेबारमा केन्द्रित रहेकाे बताएका छन् । अब बिस्तारै अन्य क्षेत्रसँग बैठक गरी यथार्थ समस्याका बारेमा पहिचान गर्ने र समाधानका विषयहरू केलाउन पनि आफूले पहल गर्ने उनले बताएका छन् ।

उक्त भेटमा कार्कीले टिएमएसमा बारम्बार देखिने प्राविधिक समस्याहरू समाधान गरी टिएमएसलाई भरपर्दो बनाउने पहल चाल्ने बताएका पन्थीले अर्थ संसारलाई बताए । कार्कीले लगानीकर्ताकाे सहजताका लागि नेप्सेकाे एउटा नयाँ एप डेभलप गर्ने पनि बताएका छन् ।

620b9a7e3b0ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको