Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको ७५ प्रतिशत बोनस तपाईँकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

शुक्रबार, ०६ फागुन २०७८, १२ : ०७ मा प्रकाशित

हिमालयन डिष्टिलरीको ७५ प्रतिशत बोनस तपाईँकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर तथा बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

कम्पनीले पाैष २८ गते, बुधबार सम्पन्न भएकाे २१औँ वार्षिक साधारण सभाले पारित गरेकाे ७५ प्रतिशत बाेनस सेयर फागुन २ गतेदेखि सेयरधनीहरूकाे हितग्राही खातामा र २५ प्रतिशत नगद लाभांश फागुन ४ गतेदेखि हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरेकाे हाे ।

साथै भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीकाे सेयर अभौतिकिकरण भए पश्चात स्वतः सेयरधनीहरूको खातामा जम्मा गरिने व्यहोरा जानकारी गराउँदै कम्पनीले भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूलाई कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नारायणचौर, नक्साल वा आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी DEMAT खाता खोली आफ्नो सेयर प्रमाणपत्र जम्मा गर्नुहुन अनुरोध गरेकाे छ ।

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता Update नगर्ने सेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको IPS सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण Update गराउन कम्पनीले अनुराेध गरेकाे छ । आफ्नो सेयरको प्रमाणपत्रहरू अभौतिक/DEMAT नगर्ने सेयरधनीहरूको हकमा बैंक खाता Update र आफुसँग भएको सेयर प्रमाणपत्रहरू अभाैतिक/DEMAT गराए पश्चात मात्र सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिनेछ ।

त्यसैगरी, शेयरधनी दर्ता किताब बन्द हुनु भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले आफनो सेयर प्रमाणपत्रहरू धितोमा राखी कर्जा सुविधा प्रयोग गर्दै आएको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र (No Objection Letter) प्राप्त भए पश्चात् मात्र सम्बन्धित शेयरधनीको हितग्राही खातमा बोनस सेयर जम्मा गरिने र बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

620f3bfd30870.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको