Like us!
Follow us!
Connect us!
Watch us!

ओमानविरुद्ध नेपालको सानदार जित

अर्थ संसार

शुक्रबार, ०६ फागुन २०७८, १५ : १५ मा प्रकाशित

ओमानविरुद्ध नेपालको सानदार जित

घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । ११८ रनको  विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् । 

ओमानका नसिम खुसीले सर्वाधिक  २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।  

नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिँदा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक विकेट लिए । 

यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रनको सामान्य योगफल तयार पार्‍याे ।  नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ रन बनाए । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको