Like us!
Follow us!
Connect us!
Watch us!

Parallel Channel  को मिडल लाइनलाई ब्रेक गर्ने प्रयासमा नेप्से ! ब्रेक गरे के होला ?

बसन्त पाण्डे

मंगलबार, १० फागुन २०७८, १७ : ०४ मा प्रकाशित

Parallel Channel  को मिडल लाइनलाई ब्रेक गर्ने प्रयासमा नेप्से ! ब्रेक गरे के होला ?

आज मंगलबार नेप्से १७.४२ अंकले बढ्दै २७३५.९३ को बिन्दुमा क्लोज भएको छ। हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ। विशेषगरी हाइड्रो सेक्टरका कम्पनीहरुमा लगानीकर्ताहरु आकर्षित हुँदा नेप्से दोहोरो अंकले बढेको हो। आज सुरुवात देखि नै सकारात्मक देखिएको नेप्से बढ्दै जाँदा २७४८ को बिन्दुसम्म पुगेको थियो।  

विशेष के भयो त आजको बजारमा ?

३२२७ को बिन्दुबाट करिब ३०% ले घट्दै २२६० को बिन्दुसम्म झरेको बजार बढ्दै जाँदा २९८३ को बिन्दुसम्म पुगेको थियो।  २९८३ को बिन्दुबाट नेप्से घट्दै २७६० को बिन्दुसम्म पुग्यो र २७६० को बिन्दुलाई सपोर्ट लिएर बढ्दै जाँदा २९२८ को बिन्दुसम्म पुग्यो। त्यसपछि उतार चढाव हुँदै २६७० को बिन्दुसम्म झरेर २६७० को बिन्दुलाई सपोर्ट बनाउँदै बजार बढ्ने क्रममा आज २७३५ को बिन्दुमा क्लोज भएको छ।  २९८३ को बिन्दुबाट झर्दै २६७० को बिन्दुसम्म आउने क्रममा बजार एउटा Parallel Channle मा घुमिरहेको छ। 

यसअघि बजार २६९५ को बिन्दुसम्म झरेर बढ्ने क्रममा त्यहि Parallel Channel को मिडल लाइनसम्म पुगेर झरेको थियो।  आज पनि बजार सोहि मिडल लाइनसम्म पुगेर त्यहाँबाट घट्न थालेको थियो। अब भोलिका दिनहरुमा बजार बढेर माथि नै जानको लागि नेप्सेले Parallel Channel को मिडल लाइनलाई ब्रेक गर्नुपर्ने हुन्छ।  यदि क्लोजिंग बेसीसमा २७५० को बिन्दु भन्दा माथि जान सक्यो भने नेप्से तत्कालको लागि यसअघिको न्युनतम बिन्दु २६७० भन्दा तल नजाने सम्भावना बढेर जान्छ। त्यसैले बजार बढेर माथि नै जानको लागि २७५० को बिन्दुलाई क्लोजिंग बेसीसमा क्रस गर्नु आवश्यक देखिन्छ।  

महत्वपूर्ण विन्दुहरू कुन कुन ? 
माथि उल्लेख गरिए जस्तै यदि नेप्सेले २७५० को बिन्दुलाई क्रस गरेर माथितिर गएको खण्डमा बजारको यात्रा माथितिरकै हुनेछ र २८५० को पहिलो टार्गेट बन्नेछ। यदि २८५० को एरियालाई क्रस गरेर क्लोजिंग बेसीसमा नेप्से माथितिर लागेको खण्डमा बजारको यात्रा माथितिरकै हुने सम्भावना बढेर जानेछ भने नेप्से घट्दै गयो भने २६४० को बलियो सपोर्ट रहनेछ। 

6214c8d3d4b32.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको