Like us!
Follow us!
Connect us!
Watch us!

बजारको चिरफार: के नेप्से बटम लाग्ने तरखरमा हो ?

बसन्त पाण्डे

शुक्रबार, २० फागुन २०७८, १५ : ०७ मा प्रकाशित

अर्थसंसार डट कमबाट साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रम बजारको चिरफारको ९ औं एपिसोडमा हामीले सेयर बजारलाई प्रभावित पार्न सक्ने समसामयिक घटनाहरुको विश्लेषण गरेका छौं। अर्थमन्त्री जनार्दन शर्माले गत बुधबार धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाइ सामुन्ने राखेर सेयर बजारको विकास र स्थायित्वको लागि के के गर्नुपर्छ भन्ने कुराको फेहरिस्त प्रस्तुत गर्दै ती कुराहरुको कार्यान्वयनमा तत्काल लाग्न पनि निर्देशन दिएका छन।  

त्यस्तै वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ११% भन्दा बढी व्याज दिइरहेको अवस्थामा चैत्र मसान्त आउंदै गर्दा फेरी पनि व्याजदर बढ्ने हो कि भन्ने चिन्तामा लगानीकर्ताहरु रहेका छन। उता बैंकका सीइओहरु भने व्याजदर बढाए पनि निक्षेप नबढेको र त्यसले बैंकको कस्ट अफ फण्ड मात्रै बढाएको हुँदा आउने महिनामा व्याजदर नबढाउने पक्षमा उभिएका छन।  

रुस र युक्रेनबीच तनाव बढ्दै जाँदा त्यसले विश्वको अर्थतन्त्र लगायत नेपालको अर्थतन्त्र कतातिर जाला भन्ने विषयमा पनि हामीले बजारको चिरफारको यो एपिसोडमा चर्चा गरेका छौं। त्यस्तै टेक्निकल्ली हेर्दा बजार अहिले कस्तो अवस्थामा छ र आगामी दिनमा बजारको यात्रा कस्तो होला भन्ने विषयमा पनि यो एपिसोडमा विस्तृत रुपमा विश्लेषण गरेका छौं।  

के बजार बटम लाग्ने तरखरमा हो ? 

नेप्से २२६० बाट बढेर २९८३ को बिन्दुसम्म पुग्यो। यी दुई बिन्दुहरुलाई आधार मानेर विश्वप्रसिद्ध फ़िबोनासी रिट्रेशमेन्ट लगाएर हेर्ने हो भने ५०% रिट्रेश्मेण्टको लेभल २६२० को बिन्दु हो भने ६१.८% को बिन्दु २५३६ को एरियामा रहेको छ।  ६१.८% को एरियालाई गोल्डेन रेसियोको एरियाको रुपमा लिइन्छ। त्यसैले २५३६ को एरियाबाट बजार बाउन्स ब्याक हुन सक्ने सम्भावना उच्च छ।  त्यस्तै पिभोट पोइन्टलाइ आधार मान्दा पनि २५०६ को बिन्दुमा सपोर्ट रहेको छ। यी सबै कुराहरुको विश्लेषण गर्दा बजारले २५०० आसपासमा बटम लगाउने तरखर गरेको हो कि भन्ने देखिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको