Like us!
Follow us!
Connect us!
Watch us!

निकै महत्वपुर्ण विन्दुमा नेप्से, आइतबारको कारोबार निर्णायक हुने ! (प्राविधिक विश्लेषण)

बसन्त पाण्डे

विहीबार, १२ फागुन २०७८, १६ : ३७ मा प्रकाशित

निकै महत्वपुर्ण विन्दुमा नेप्से, आइतबारको कारोबार निर्णायक हुने ! (प्राविधिक विश्लेषण)

साताको अन्तिम दिन बिहिबार नेप्से ५८.९९ अंकले घट्दै २६६१.४४ को विन्दुमा क्लोज भएको छ । विशेषगरि नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा जोखिम भार बढाउन निर्देशन दिँदै हिजो जारी गरेको सर्कुलर, MCC को विषयमा बढिरहेको अन्यौलता र रुसले युक्रेनमाथि आक्रमण गर्ने घोषणा पश्चात विकसित हुन सक्ने अन्तराष्ट्रिय परीदृश्यहरुका कारण सेयर बजारमा आज भारी गिरावट आएको विश्लेषण बजार जानकारहरुको रहेको छ।

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

आज बजार सुरुवाती चरणमा केहि बढ्यो। त्यसपछि लगातार घटेको बजार २६५० को बिन्दुसम्म खसेको थियो। उतार चढाव देखिएको बजार अन्त्यमा २६६१ को बिन्दुमा क्लोज भएको छ। आजको बजारको सबैभन्दा सकारात्मक पक्ष भनेको अन्तिम १ घन्टामा राम्रो कारोबार रकम सहित बजार बढ्नु हो। 

विशेष के के भयो त नेप्सेमा आज ?

हामीले यसअघिका विश्लेषणहरुमा चर्चा गरेझैं नेप्से २९८३ को बिन्दुबाट खस्दै गर्दा बनेको प्यारेलल च्यानलको सपोर्ट लाइन मै आएर अलिकति माथितिर लागेको छ। अब बजारले यो प्यारेलल च्यानललाई रेस्पेक्ट गर्छ र आइतबार आज क्लोजिंग भएकै बिन्दु वा थोरै अङ्क घटेर बजार बढ्छ भने बजारको यात्रा माथितिरकै हुन सक्छ।  तर २६५० को बिन्दुलाई सपोर्ट बनाएर बजार माथि जान सकेन भने बजारको यात्रा अझै तलतिरको हुनसक्ने सम्भावना उच्च भएर जानेछ।  आइतबारको कारोबारले बजार अब तल कि माथि भन्ने कुरालाई स्पष्ट पार्नेछ। 

621765d59608c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको