Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको इलियट वेभ थ्योरी के हो ?

बसन्त पाण्डे

विहीबार, १९ फागुन २०७८, १६ : २१ मा प्रकाशित

नेपाली लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको इलियट वेभ थ्योरी के हो ?

राल्फ नेल्सन इलियटलाई वेभ थ्योरीको पिताका रुपमा लिइने गरिन्छ। २८ July  १८७१ मा जर्मनीमा जन्मिएका इलियटले Business र Accounting को लामो करियरबाट ५८ बर्षको उमेरमा रिटायरमेन्ट लिए। रिटायरमेन्ट पछिको समय उनले सेयर बजारको अध्धयन र अनुसन्धानमा लगाए। उनले विश्वका विभिन्न सेयर मार्केटहरुको ७५ बर्षको प्याटर्नलाई Yearly, Monthly, Weekly, Daily, Hourly, Half hourly चार्टमा अध्ययन गरे।  ५ बर्ष लामो गहिरो अध्धयन पश्चात उनले एउटा सिद्धान्तको प्रतिपादन गरे। उनको त्यहि सिद्धान्त इलियट वेभ थ्योरीको रुपमा विश्वविख्यात छ। 

के हो इलियट वेभ थ्योरी ?

इलियट वेभ थ्योरी मानिसहरुको समूह (Group of People) ले कसरी ले Behave गर्छ भन्ने कुराको विस्तृत व्याख्या हो। यसले सेयर लगानीकर्ताहरु कसरी निराशाको स्टेटबाट आशावादी बन्छन भन्ने कुराको विश्लेषण गर्दछ।  सेयर बजारको उतार चढावको क्रममा बन्ने प्याटर्नहरु दोहोरिने गर्दछन। ति दोहोरिइरहने प्याटर्नको बारेमा विस्तृत व्याख्या गर्दै एलियटले आफ्नो सिद्धान्त प्रतिपादन गरेका छन। 

इलियट वेभ थ्योरीको सबैभन्दा प्रभावकारी प्रयोग हुनसक्ने ठाउँ सेयर बजार हो।  सेयर बजारमा लगानीकर्ताहरुको बदलिइरहने मनोविज्ञान प्राइस मुभमेन्टको रुपमा रेकर्ड भएर बस्ने गर्दछ।  लगानीकर्ताहरुले प्राइसमा बन्ने प्याटर्नहरुलाई समयमै पहिचान गर्न सकेमा भविष्यमा मूल्य कता जाँदैछ भन्ने कुरा पत्ता लगाउन सकिन्छ।  

वेभ प्रिन्सिपलले लगानीकर्ताको मनोविज्ञानलाई आँकलन गर्ने प्रयास गर्दछ।  इलियट वेभ प्रिन्सिपल सम्भाव्यतामा आधारित विज्ञान हो। वेभ थ्योरी प्राक्टिस गर्नेहरुले बजारको सम्भावित प्याटर्नहरुको अध्धयन गरेर बजारको मुभमेन्ट कस्तो हुन सक्छ भनेर प्रेडिक्सन गर्दै प्राइसमा मुभमेन्ट आउनु अगाडी नै सेयर खरिद वा बिक्रि गरि पर्याप्त मुनाफा आर्जन गरेका थुप्रै उदाहरणहरु छन। 

इलियट वेभ सिद्धान्त अनुसार बजारमा मोटिभ वेभ र करेक्टिभ वेभ हुने गर्दछन। करेक्टिभ फेजको अन्त्यसँगै मोटिभ वेभ सुरु हुने गर्दछ। मोटिभ वेभ साइकलमा ५ वटा वेभहरु हुने गर्दछन।  जसमध्ये वेभ १, वेभ ३ र वेभ ५ बढ्दा वेभहरु हुन् भने वेभ २ र वेभ ४ घट्दा वेभहरु हुन्। आजको यो अंकमा हामीले 1st वेभ र 2nd वेभका विशेषताहरुलाई संक्षिप्त रुपमा व्याख्या गरेका छौं।    

वेभ १ 

नयाँ बुल मार्केटको 1st वेभको सुरुवातमा फण्डामेन्टल न्युजहरु नकारात्मक हुने गर्दछन। लगानीकर्ताहरुको मनोविज्ञान वियरिस नै हुने गर्दछ। फण्डामेन्टल एनालिस्टहरु अर्थतन्त्रमा रहेका समस्याहरु अझै लम्बिन सक्ने विश्लेषण गरिरहेका हुन्छन। 1st वेभमा प्राइससँगै भोलुम पनि बढ्ने गर्दछ तर प्राय: प्राविधिक विश्लेषकहरु बजार बढ्नको लागि त्यति भोलुम काफी नरहेको बताइरहेका हुन्छन।  

ठुलो डिग्रीको 1st  वेभ आउनुअघि मानव अस्तित्वकै प्रश्न उठिरहेको हुनसक्छ।  युद्ध चलिरहेको अवस्था हुनसक्छ वा अर्थतन्त्रमा व्यापक मन्दी चलिरहेको अवस्था रहन्छ। 

इन्टरमेडियट डिग्रीको 1st  वेभ आउनुअघि अर्थतन्त्रमा रिसेसनको अवस्था हुन सक्छ। साना साना युद्धहरु पनि चलिरहेका हुन सक्छन। 

माइनर डिग्रीको 1st वेभ आउनुअघि बजारमा ब्याड न्युजहरु प्रसस्त मात्रामा रहने गर्दछन।  

वेभ २

दोश्रो वेभले प्रायजसो पहिलो वेभको धेरैजसो हिस्सा रिट्रेश गर्दछ। पहिलो वेभमा कमाएको धेरैजसो पैसा सेकेण्ड वेभमा गुम्ने गर्दछ। खासगरी पहिलो वेभको अन्तिम चरणतिर किनेका लगानीकर्ताहरुले सेकेन्ड वेभमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने स्थिति बन्दछ।  दोश्रो वेभको अन्तिम चरणतिर धेरैजसो लगानीकर्ताहरु वियर मार्केट अझै रहन्छ भन्ने ठोकुवा गर्दछन।  दोश्रो वेभ प्राय: निकै सानो भोलुममा अन्त्य हुन्छ।  सेकेन्ड वेभको अन्त्यमा सेलिङ्ग प्रेसर निकै कम भैसकेको हुन्छ।  

दोश्रो वेभको अन्तिम चरणमा अर्थतन्त्रका सूचकहरुले पनि निकै नराम्रो संकेत गरिरहेका हुन्छन। अर्थशास्त्रीहरु अर्थतन्त्रका सम्पूर्ण सूचकहरु खराब अवस्थामा रहेका कारण देशले गम्भीर आर्थिक संकट झेल्न सक्ने भनेर पूर्वानुमान गरिरहेका हुन्छन। 
सेकेन्ड वेभले प्राय: 1st  वेभको ५०% देखि ६१.८% सम्म रिट्रेश गर्दछ।  कतिपय अवस्थामा १००% सम्म पनि रिट्रेस गर्दछ तर सेकेन्ड वेभ 1st वेभ भन्दा तल जाँदैन।  सेकेन्ड वेभको समाप्तिपछि बजारले 3rd वेभको एग्रेसिभ र्याली समात्ने गर्दछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको