Like us!
Follow us!
Connect us!
Watch us!

'अहिले थर्ड वेभ नै जान लागेको भन्ने मेरो अनुमान हो, नेप्से ७५०० भन्दा माथि जान सक्छ'

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, ११ : २४ मा प्रकाशित

विश्लेषक सुभास चन्द्र ढुंगाना पेसाले कम्प्युटर इन्जिनियर हुन् । सफ्टवेयर कम्पनीमा काम गर्दा खोज र विश्लेषणमा विशेष चासो राख्ने ढुङ्गानाले सेयर बजारकाे प्राविधिक विश्लेषण चार्टमा प्रभावित भई अध्ययन गर्न सुरु गरे र पूँजी बजारमा लगानीको यात्रा औपचारिक रूपमा सुरु गरे। लगानी गर्नुअघि उनी लगानीको सीप र बजारको मनोविज्ञान बुझ्न विभिन्न पुस्तकहरू अध्ययन गरेर सुरु गरेको र बजारबाट नाफा कमाउन सकेकोमा अध्ययन मुख्य कुरा भएको बताउँछन्। 

नवप्रवेशी लगानीकर्ताहरु अहिले प्राविधिक विश्लेषण सिकेर लगानी सुरु गर्ने गरेको पाइन्छ तर अनुभव कम हुने भएकाले सुरु सुरुमा ट्रेडिङ भन्दापनि लङ्ग टर्म इन्भेष्टमेन्ट लाई प्राथमिकता दिन उनी सुझाव दिन्छन र आधारभूत विश्लेषणलाई र बजार मनोविज्ञानको अध्ययन गर्नुपर्ने बताउँछन्। प्राविधिक विश्लेषणको विश्वसनीयता कति भन्ने विषयमा कुरा गर्दै उनी, प्राविधिक विश्लेषणको विश्वसनीयता १००% भन्ने हुँदैन, बजारको आफ्नै लय हुन्छ। विश्लेषण गर्दा के कुरालाई प्राथमिकता दिने भन्दा पनि सबै सूचकको उतिनै महत्त्व रहन्छ र सबै सूचकको आफूले ब्याक टेस्टिङ गरेर उपयुक्त लगानी योजना तयार पार्नुपर्छ र हाम्रो सेयर बाजार प्रविधिमा इन्ट्राडे ट्रेडिङ सुविधा उपलब्ध नभएको हुँदा छोटो समय अवधिलाई भन्दापनि दैनिक वा साप्ताहिक समयलाई अध्ययन गरेर लगानी योजना बनाउन सुझाव दिन्छन्। युट्युबमा राख्ने भिडियोमा भनिएकै आधारमा यो इन्डिकेटर ले यो संकेत दिन्छ र यो कदम चाल्नुपर्छ भन्दा पनि आफूले कुन इन्डिकेटरमा के संकेत हुँदा नेपालको बजारमा कस्तो प्रभाव देखिएकाे छ र कति स्विङ भएको छ भनेर ब्याक टेस्टिङ्ग गर्नुपर्ने र प्राइस फोरकास्टीङ्ग गर्दा Fibonacci Retrenchment र Elliott Wave उपयुक्त हुने बताउँछन् र नेपालको सेयरबजारमा प्राविधिक विश्लेषण गर्दा चार्टको अध्ययन सँगै विभिन्न आर्थिक तथा सामाजिक सुचकलाई पनि अध्ययन गर्नुपर्ने बताउँछन्।

श्रीलंकाको अर्थतन्त्र डुबिरहेको बेला सेयरबजारमा सकारात्मक प्रभाव देखिएकाे प्रश्नमा जवाफ दिँदै उनी सेयरबजारमा देखिने अहिलेको मूल्य करेन्ट प्राईस हैन,अहिले हामीले पे गर्दैछौ भने १/२ वर्षमा रिटर्न दिन सक्छ की सक्दैन भन्ने हो र राष्ट्रको ताजा आर्थिक अवस्था बिग्रेको छ र भविष्यमा पनि नराम्रो नै रहिरहन्छ भन्ने देखियो भने बजारले पहिलेनै प्रभाव देखाउँछ र बजारले सधैं भविष्यको प्रतिनिधित्व गर्ने र वर्तमानका सानातिना समाचारले बजारलाई केही समय प्रभाव पर्ने भएतापनि निरन्तरता पाउँदैन। राष्ट्रको भोलिको अर्थतन्त्र सुधरिदैछ भन्ने कुरा ठूला लगानीकर्ताले पहिलेनै आकलन गर्छन र त्यो अनुसार योजना बनाउँछन् र श्रीलंकाको आर्थिक अवस्था नराम्रो भएता पनि भोलिको राम्रो हुन सक्ने छ। लगानीका अन्य क्षेत्र र अवसर बन्द भएका कारण लगानी गर्ने अवसर र क्षेत्र नभएकोले बैंकमा फिक्स डिपोजिटमा पैसा राख्नुभन्दा सेयरबजारमा लगानी गर्नु उपयुक्त मानेर लगानी गरेको हुँदा सेयरबजारमा सकारात्मक प्रभाव देखिएको छ ।

नेपालको सेयरबजारमा देखिने सानातिना समाचारले निकै प्रभाव पर्ने हुँदा प्राविधिक विश्लेषकले विभिन्न सुचकलाई अधरमानी लगानी योजना बनाउन उनी सुझाव दिन्छन्। उनका अनुसार विश्लेषणका विभिन्न सिद्धान्तहरू विश्वबजारमा उपयुक्त भएर सो अनुसारका रणनीति र कार्यदिशा प्रदान गरेका छन् र विश्व  सेयरबजार स्वचालित र बजारमा देखिने सानातिना समाचारलाई भन्दापनि इन्डिकेटरले दिने सूचनाको आधारमा लगानी गर्ने लगानीकर्ता भएका कारण सूचकको विश्वसनियता र एकरूपता देखिन्छ भने नेपालको सेयरबजारमा अन्य धेरै कुराहरूलाई आत्मसाथ गर्दै योजना बनाउनुपर्ने देखिन्छ भन्दै उनी थप्छन्, 'सेयरको खरिद गर्दा खरिद गर्न लाग्नुभएको सेयर खरिद गर्ने ३ ओटा उपयुक्त कारण खोज्नुहोस् र ती कारणलाई आत्मसाथ गर्नुहुन्छ भने थप योजना बनाउन र शेयर खरिद गरेपछि विशेष अवस्था सृजना भएमा चएको खण्डमा बेच्न सक्नुहुन्छ कि हुँदैन् यकिन गरेर लगानी गर्नुहोस् जसले तपाईंले पर्याप्त नाफा कमाउन सक्नुहुन्छ ।'

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको