कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा रु.२५ मा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ । नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्ताहरुसँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास गरिएको छ ।
यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउनको लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ ।
यो नयाँ आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थ मध्य सबैभन्दा सानो बोतल हो । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिवद्धता थप प्रमाणित भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस