Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख सापकोटाले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौँ : ओली

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, १५ : ३९ मा प्रकाशित

सभामुख सापकोटाले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौँ : ओली

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने उनले चेतावनी दिएका हुन् । तर उनले आफ्नाे पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेकाे भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गरे ।

‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको ओलीको आरोप छ।

‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसद्लाई हामीले कारबाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन,’ ओलीले भने ।

एमालेले दुई साताअघि नै आफ्ना पार्टीका सांसदहरूलाई दुईवटा खाली कागजमा हस्ताक्षर गरेर राखेको छ । एमसीसी पारित गर्नुअघि नै सभामुख सापकोटाविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने आकलन गरिएको थियो । तर, सभामुख सापकोटाले एमसीसी प्रस्ताव टेबुल गर्न दिएपछि त्यो चर्चा त्यतिकै हराएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको