Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा सर्कुलर ट्रेडिङ बढ्यो यसलाई नियन्त्रण गर्न जरुरी छ : अर्थमन्त्री शर्मा

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १२ : ५८ मा प्रकाशित

अर्थमनन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सर्कुलर ट्रेडिङ बढेकाे भन्दै यसलाई नियन्त्रण गर्न अत्यन्तै जरुरी रहेकाे बताएका छन् ।

 अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा कुराकानी गर्दै उनले भने, "इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ जस्ता कुराहरु स्वीकार्य हुँदैन त्यसैले यसलाई नियन्त्रण गर्नुपर्छ।"

नियामक निकायका कर्मचारीहरुले राजनीति गर्ने गरेको गुनासो आएका भन्दै अर्थमन्त्री शर्माले यसलाई नियन्त्रण गर्ने सबै नियामक निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् । 

टिएमएस सुधार गर्न अर्थमन्त्रीकाे निर्देशन, भन्छन् "नेप्से र सेबाेनबीच तालमेल आवश्यक देखियो"

साेही कार्यक्रममा बाेल्दै उनले टिमएस सुधार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का बीच तालमेल आवश्यक देखिएकाे उनी बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको