Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, १२ : ३६ मा प्रकाशित

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी स्थिर रहेकाे हाे ।

फागुन १९ गते, बिहीबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले घटेकाे हाे । फागुन १६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेकाे छ । 

बैंकहरूकाे निक्षेप घट्दा सीडी रेसियो बढेकाे छ । फागुन १६ गते औसतमा ९०.३६ प्रतिशत रहेको सीडी रेसियो फागुन १८ गतेसम्ममा बढेर ९०.३९ प्रतिशत पुगको छ। 

62245accb0be3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको