शिवम् सिमेन्टकाे आयोजना प्रभावित स्थानीयकाे लकिङ अवधि सकिएकाे छ । स्थानीयकाे नाममा रहेकाे सेयर आजदेखि दाेश्राे बजारमा सर्वसाधारणमा खरिद बिक्रीकाे निमित्त परिणत भएकाे छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानीयलाई प्रिमियम मूल्य सहित प्रतिकित्ता २०० रूपैयाँका दरले ७ लाख ८५ हजार ३ सय ५ कित्ता सेयर बाँडफाँड गरेको थियो ।
कम्पनीले २०७५ साल फागुन २२ गते आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ९४ हजार ६ सय ९५ कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा ४४ लाख ३४ हजार ६ सय ९५ कित्ता सेयर बाँडफाँड गरेकाे थियाे ।
साेही अनुसार स्थानीयको सेयर बाँडफाँड भएको मितिले तीन वर्षसम्म लकिङ पिरियडमा रहेन व्यवस्था पुरा गरी आजदेखि कम्पनीकाे स्थानीयतर्फको सेयर समेत सर्वसाधारण सरह दाेश्राे बजारमा कारोबारका लागि योग्य बनेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस