विभिन्न ११ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् ।
१. युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड
युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा फागुन २६ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा-२, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालककाे नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले कम्पनीका लगानीकर्ताहरूकाे हात खाली हुने भएकाे छ । त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गते बुकक्लाेज गरेकाे छ । त्यसैले, फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
२. ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा फागुन २८ गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । त्यसैगरी, संस्थाले साधारण सभा प्रयाेजनका लागि फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
३. नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड
नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे तेत्तीसाैँ वार्षिक साधारण सभा फागुन २९ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । सभामा कम्पनीकाे माघ १२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २२ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
४. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडकाे पच्चीसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार अनलाइनकाे माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयाेजनका लागि फागुन १३ गते एक दिन बुकक्लाेज भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बाेनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । यसैगरी, कम्पनीले बाेनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीकाे १०:५ काे अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेकाे छ । त्यसैले, फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।
५. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे अठ्ठाईसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार कम्पनीकाे केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडाैँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । सभामा कम्पनीकाे पौष २१ गते, बुधबार बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १६ गते एक दिन बुकक्लाेज गरेकाे छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
६. बेष्ट फाइनान्स कम्पनी लिमिटेड
बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे पच्चीसाैँ वार्षिक साधारण सभा चैत्र ४ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा दिउँसाे १२:३० बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । फाइनान्सले साधारण सभा प्रयाेजनका लागि फागुन २० गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
७. प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड
प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा चैत्र ६ गते, आइतबार हाेटल रेडिसन, लाजिम्पाट, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूकाे हात खाली हुनेछ । साधारण सभा प्रयाेजनका लागि कम्पनीले फागुन २३ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
८. ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे नवाैँ वार्षिक साधारण सभा चैत्र १२ गते, शनिबार हुने भएकाे छ । बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, बैंकका सेयरधनीहरूकाे हात खाली हुनेछ । त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि चैत्र २ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
९. नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड
नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे छब्बीसाैँ वार्षिक साधारण सभा चैत्र ९ गते, बुधबार, कम्पनीकाे केन्द्रिय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे माघ ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन ३० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१०. प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड
प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको फागुन १९ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको पच्चीसौँ वार्षिक साधारण सभा चैत्र १६ गते, बुधबार ज्यापु प्रज्ञा भवन, भोलगाणेश, ललितपुरमा दिउँसो १ बजेदेखि सुरू हुनेछ । सभामा गत वर्षको नाफाबाट फाइनान्सका सेयधनीहरूलाइ ६% बोनस सेयर र कर प्रयोजनको लागि ०.३१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस १९ गते एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
११. सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीकाे चौथो वार्षिक साधारण सभा चैत्र १२ गते, अलोफ्ट ठमेल काठमौडौमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्ने लगायतको एजेण्डा छ । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस