Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्धले १०० प्रतिशत लाभांश दिनसक्छ : प्रबन्ध सञ्चालक

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १५ : ०७ मा प्रकाशित

नेष्डो समृद्धले १०० प्रतिशत लाभांश दिनसक्छ : प्रबन्ध सञ्चालक

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशतसम्म लाभांश दिनसक्ने संस्थाका प्रबन्ध सञ्चालक विश्व प्रकास प्रसाईँले बताएका छन् ।

मंगलबार आयाेजित सेयर बाँडफाँड तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले भने, "कति दिन्छाैँ भनेर त म बाेल्न मिल्दैन तर हाम्राे क्षमता यति छ भनेर त भन्न मिल्छ नि । हाम्राे अहिलेकाे वित्तीय अवस्था अनुसार हामीले हाम्रा लगानीकर्ताहरूलाई १०० प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता छ ।"

संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन २४ गते, मंगलबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड येलो पेगोडा होटल, जमल, काठमाडौँमा सम्पन्न भएकाे हाे ।

नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ कराेड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियाे । २५ लाख २२ हजार ९ सय ५५ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

नेपालमा केहि गर्छु, धेरै गर्न सकिन्छ | Jigyasa Aryal | Young Entrepreneur

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको