Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओका आवेदक नै निराश हुनुपर्ने अवस्था आयो, ठूला कम्पनी आउनु जरूरी : सिडिएससी सिइओ आचार्य

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १७ : ०८ मा प्रकाशित

आईपीओका आवेदक नै निराश हुनुपर्ने अवस्था आयो, ठूला कम्पनी आउनु जरूरी : सिडिएससी सिइओ आचार्य

साधारण सेयर (आईपीओ) भर्ने आवेदकहरू नै निराश हुनुपर्ने अवस्था आएकाे सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताएका छन् ।

हरेक चाेटी आईपीओ निष्कासन हुँदा मागभन्दा उच्च गुणा  आवेदन पर्दा थाेरै लगानीकर्ताहरूले मात्रै सेयर प्राप्त गर्न सकेकाे अहिलेकाे अवस्थामा ठूला कम्पनीहरू आउनु अत्यन्त जरूरी रहेकाे उनी बताउँछन् । 

मंगलबार आयाेजित नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँड तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले अब ठूला ठूला प्राेजेक्टरू ल्याउनु पर्ने आवश्यकता देखिएकाे बताएका हुन् । देशमा देखिएकाे आर्थिक संकट समाधान गर्न पनि आईपीओ प्रभावकारी माध्यम बन्न सक्ने उनकाे तर्क छ ।

नेष्डो समृद्धले १०० प्रतिशत लाभांश दिनसक्छ : प्रबन्ध सञ्चालक

पछिल्लाे समय आईपीओ निष्कासन हुँदा सिस्टमले नै नधान्ने गरी आवेदन परेकाे हेर्दा सेयर बजारमा लगानीकर्ताहरूकाे उत्साहजनक उपस्थिती देखिएकाे उनले बताए । याे सबैका लागि गाैरवकाे कुरा रहेकाे उनी बताउँछन् ।

त्यसैगरी, साेही कार्यक्रममा बाेल्दै अहिले डिम्याट खाता खाेल्नेकाे संख्या ५० लाख नाघेकाेमा ३ लाख जति डिम्याट खाता भने दाेहाेरिएकाे बताएका छन् । यस्तै, ५० लाखमध्ये ३० लाख लगानीकर्ताकाे खातामा कुनै न कुनै कम्पनीकाे सेयर हाेल्डिङ रहेकाे उनले जानकारी दिएका छन् ।

सिडिएसका सिइओ आचार्यसँग अर्थ संसार टकका लागि अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियोे कुराकानी पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको