Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका त्यागेर सामाजिक कार्यमा रमाउँदै जिज्ञासा अर्याल (अन्तरवार्ता )

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, २० : ४३ मा प्रकाशित

आज अन्तराष्ट्रिय नारी दिवस ८ मार्च, नारीहरु समाजको हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेका छन् । मुलुकको राष्ट्रपति समेत अहिले महिला हुनुहुन्छ । कुनै समयमा राष्ट्रपति, प्रधान न्यायाधिस, सभामुखसमेत महिला नै हुनुहुन्थ्यो । अहिले पनि हरेक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व हुँदै आएको छ ।

यसै प्रसङगमा आज हामीले एकजना महिला युवा उद्यमी जिज्ञासा अर्यालसँग कुराकानी गरेका छौं। जिज्ञासा अर्यालको जन्म काठमाण्डौंको लाजिम्पाटमा भएको हो ।

उनले कक्षा १२ सम्म काठमाण्डौंमा पढिन् । त्यस पश्चात उनी अध्ययनका लागि अमेरिका गइन् । उनले स्नातकोत्तर पनि अमेरीकामै गरिन् । उनले प्रोजेक्ट म्यानेजमेन्मा मास्टर गरिन् । त्यसपश्चात विभिन्न क्षेत्रमा सेल्स, मार्केटिङ, प्राजेक्ट म्यानेजमेन्ट, डेटा एनालाईसिसलगायतको कामको अनुभव लिएर स्वेदेशमै केही गर्ने आकांक्षा लिएर नेपाल फर्किइन् । उनीसँग गरिएको कुराकानीको अंश ।

अमेरिका सपनाको देश भन्छन्, धेरैजसो मानिस भिसा लागेर अमेरिका पुगेपछि कुनै न कुनै तरिकाले अमेरिकामै स्थायी रुपमा बसोबास गर्न चाहन्छन् । यहाँचाहीँ अवसर पाएर अमेरिका पुग्नुभयो, तर पनि अमेरिकाबाट फर्किनु भयो किन ?

जो बस्नुहुन्छ उहाँहरुलाई पनि बुझ्छु म । किनभने नेपालमा प्रतिस्पर्धा तीब्र छ, त्यो नेपालको तुलनामा अमेरिकामा कम छ । तर मेरो सोच त्योभन्दा अलि ठूलो भयो ।

नेपालमै गएर अमेरिकाको जस्तो लाईफ स्टायल कसरी बनाउँन सकिन्छ त ?

अमेरिकाकै जस्तै नभए पनि सबैका लागि केही चिज त हामीले अलिकति सजिलो बनाउँन सकिन्छ नि भन्ने हिसावमा नेपाल आएको हुँ। अब गर्न त धेरै छ देशको लागि । कोशिस पनि रहने छ, तर सुरुवात चाँही त्यहीबाट गरौं ।

 फर्केपछि के गरिरहनु भएको छ अहिले ?

फर्केको धेरै भाको छैन, एक वर्ष पनि पुगेको छैन, अहिले चै हाम्रो कम्पनी छ जे एफ ग्रुप, त्यसको प्रशासन हेरिरहेकी छु । हाम्रो ग्रुपको लिड गरिरहेकी छु । नेपालको आवश्यकता जुन छ त्यो हिसावमा के अगाडि व्यापार गर्न सकिन्छ त ? भनेर योजना भई रहेको छ । जस्तै विद्युतीय गाडीहरु, बच्चाहरुका लागि विभिन्न उत्पादन गर्न सकिन्छ कि । हाम्रो ग्रुपले हाइड्रोको प्रोजेक्ट पनि हेर्दै छ । त्यो सबै क्षेत्रमा हामी गईरहेका छौं ।

 व्यवसायमा त भरखरै प्रवेश गर्नु भाको छ, यहाँले अमेरिकामा पनि अध्ययन गर्नु भयो, व्यवसायमा सफल हुनलाई के आवश्यक पर्ने रहेछ ?

मैले सिकेको भनेको चाहिँ तपाईँको ग्रुपमा जति हुनुहुन्छ सबैजना बराबरी योग्यताका हुनुपर्छ । सबै जनालाई उत्तिकै तालिम दिएर अगाडि बढ्नु भयो भने तपाईँ कहिले पनि पछि पर्नु हुन्न । किन भने तपाईँको ग्रुपमा कहिले पनि कोही पनि कमजोर हुँदैन, त्यसैले तपाईंले आफ्नो टिम सदस्यहरुमा पनि आफू जति मेहनत गर्नुहुन्छ, उनीहरुलाई पनि तपाईँले त्यतीनै मेहनत गराउनु पर्छ ।

नेपालमा धेरैजसो युवाहरु विदेश पलायन भईरहेको अवस्था छ, स्वदेशमा अवसर नदेखेर हो या विदेशमा डलर फल्छ भनेर हो ? त्यो अवस्थामा के सल्लाह छ याहाँको ?

विशेषगरी युवा महिलाहरु यही रहेर के गर्न सकिन्छ जस्तो लाग्छ ? यहाँ बसेर धेरै गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण भनेको आफ्नोे टाईममा जे गर्नु छ त्यो गर्ने हो । पढ्ने समयमा एक्दम् ध्यान दिएर पढ्ने हो । आफू मेहनत गर्न कहिलै डराउनु हुन्न । आफूले मेहनत गर्यौँ भने त्यो आफैलाई हो । तपाईँले कुनै सीप सिक्नु भयो भने त्यो सँधैका लागि तपाईँकै हो, कसैले छिनेर लान सक्दैन । हाम्रो ग्रुपको एउटा प्रोजेक्ट त्यही हो । एक प्रकारको नन् प्रोफिट प्रोजेक्ट अर्गनाइजेशन हामीले खोल्न लागेका छौं । जसबाट हामीले महिला उद्यमी जो बन्न चाहानुहुन्छ, उहाँहरुका लागि भोकेश्नल ट्रेनिङहरु प्लान गरिरहेका छौं । त्यहाँ जो हामीसँग जोडिनु हुन्छ, उहाँहरु आफ्नो खुट्टामा उभिएर सानै भए पनि आफ्नो व्यावसाय सुरु गर्न सक्नुहुन्छ ।

 नेपालमा महिलाहरुको अवस्था कस्तो पाउनुभयो ?

यो एकदमै इन्ट्रेस्टिङ लाग्यो, जति आएर अनुसरण गरेँ, आएर जति संस्थाहरुसँग काम गरेँ, जस्तो हाम्रो राष्ट्रपति अहिले महिला हुनुहुन्छ, जुन अमेरिकाले पनि आजसम्म बनाउन सकेको छैन । महिलाहरु धेरै अगाडि आइपुग्नु भएको छ । यो एउटै समयमा धेरै रोडमा महिला ट्राफिक प्रहरीहरु हुनुहुन्छ, उहाँहरुका लागि सार्वजनिक रेष्टरुम पनि छैन, जसले गर्दा उहाँहरुलाई एकदम गाह्रो भईरहेका छ । किन भने त्यो भनेको सामान्य चाहिने कुराहरु हुन् । ती पनि छैन भने त्यो भनेको दयनीय अवस्था हो ।

महिलाहरुलाई चाहिने सामान्य आवस्यकताका कुराहरु पनि पूरा गर्न सकेका छैनौं । त्यसैले कुनै करा राम्रो पनि भईरहेको छ र कुनै कुरामा एकदमै पछाडि पनि छौं । त्यस्तै सार्वजनिक लिमिटेड कम्पनीमा एउटा महिला डिरेक्टर हुनै पर्छ छ । त्यौ धैरै आकर्षक कुरा हो । थोरै देशहरुमा मात्र यस्तो हुन्छ जस्तो लाग्छ मलाई । नेपालको लागि त्यस्तो हुनु भनेको धेरै राम्रो कुरा हो । हामीले त्यस्तो कुरामा धेरै प्रोत्साहन गरिरहेका छौं तर पनि सामान्य आवस्यकता पनि पूरा गर्न सकेका छैनौं, त्यसलाई बराबरी गर्न सक्यो भने हाम्रो भविष्य धेरै राम्रो छ ।

 महिला भएर उद्यम गर्न कत्तिको सहज छ ?

पुरुषहरुलाई जत्तिको सजिलो त छैन, किन भने सबै कुरा बराबरी गर्नु पर्दा पुरुषहरुको तुलनामा महिलाहरुलाई घरको कार्य धेरै हुन्छ । जसले गर्दा त्यति सहज त छैन तर पनि परिवार सहयोगी छ भने आफ्नो पति सहयोगी भावनाको हुनुहुन्छ भने त्यती गाह्रो पनि छैन ।

 नेपालको महिलाहरुको अधिकारबारे तपाईं कतिको जानकार हुनुहुन्छ ?

म धेरै समय नेपालबाहिर बसेँ । त्यसैले भरखरै आएर धेरै चिज सिकिरहेकी छु । तर त्यस्को बारेमा अझै धेरै सिक्नु छ । प्रश्नः तुलना गर्दा धेरै समय अमेरिका बस्नुभयो, नेपाल र अमेरिकाको महिलाको अवस्थालाई कसरी तुलना गर्नुहुन्छ ? नेपालमा कुनै चिज धेरै राम्रो भएको छ भने कुनै राम्रो छैन । नेपालमा आफूले सकिन्छ भने जे पनि गर्न पाईन्छ, तर अमेरिकामा सरकारले त्यस्तो गर्न दिन्न । जस्तो कुनै महिला गर्वभवती भएको ६ हप्ताभन्दा धेरै भएको छ भने गर्भपत्तन गर्न पाउँदैन । त्यो एकदमै मायाँ लाग्दो छ । त्यस्तोतर्फ नेपाल धेरै अगाडि छ । नेपालमा मेरो शरिर मेरो खुसी, यदी आफूलाई मन छैन भने गर्भपत्तन गर्न पाउने, त्यस्तो छ । तर अमेरिकामा सरकारले त्यस्तो कुरा बन्देज गरेको छ । नेपालमा भने उपचारका लागि अस्पताल पुर्याउन नसकेर कत्तिको मृत्यु हुन्छ अमेरिकामा त्यस्तो कुराको कहिले पनि चिन्ता लिनु पर्दैन । कतिपय अधिकारहरुको कुरामा विकसित मुलुकभन्दा नेपाल धेरै अघि छ । सामान्य आवश्यकता र अधिकार दुवैलाई मिलाउन सकियो भने नेपालको भविष्य धेरै राम्रो छ ।

 यहाँको भविश्यका योजनाहरु के के छन् ?

भविश्यको योजनाहरु धेरै छन् । नन् प्रोफिट कम्पनी खोल्ने जसले गर्दा महिलालाई सिपमूलक तालिम दिएर आफ्ने खुट्टामा आफै उभिन सक्ने बनाउँनु हो ।

भिडियो अन्तरवार्ता 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको