Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १६ : २० मा प्रकाशित

प्राइम बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ ।

बैंकले १० वर्ष अवधिकाे "१०% प्राइम डिबेञ्चर, २०८८" काे नाममा २ अर्ब ५० कराेड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनले फागुन २३ गते अनुमति प्रदान गरेकाे हाे । निष्कासन गरिने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

6228838e24fc1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको