Like us!
Follow us!
Connect us!
Watch us!

२ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, ११ : ५६ मा प्रकाशित

२ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी भने बढेकाे हाे ।

फागुन २३ गते, साेमबारसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप २ अर्बले घटेकाे हाे । फागुन २२ गतेसम्म वाणिज्य बैंकहरूले ४८ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४ अर्बले बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेकाे छ । 

बैंकहरूकाे निक्षेप घट्दा सीडी रेसियो बढेकाे छ । फागुन २२ गते औसतमा ९०.२८ प्रतिशत रहेको सीडी रेसियो फागुन २३ गतेसम्ममा बढेर ९०.३८ प्रतिशत पुगको छ। 

622997478fd78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको