Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ अनुमतिको पर्खाइमा २६ कम्पनी, डेढ महिनाभित्रै स्वीकृति दिने बोर्ड अध्यक्षकाे दावी

अर्थ संसार

शनिबार, २८ फागुन २०७८, ०७ : ४० मा प्रकाशित

आईपीओ अनुमतिको पर्खाइमा २६ कम्पनी, डेढ महिनाभित्रै स्वीकृति दिने बोर्ड अध्यक्षकाे दावी

पछिल्लाे समय सेयर बजारप्रति लगानीकर्ताकाे आकर्षण बढ्दाे छ । झन् आईपीओमा त सर्वसाधरणकाे क्रेज कति बढेकाे छ भन्ने कुरा हरेक पटक आईपीओ निष्कासन हुँदा पर्ने आवेदनकाे संख्याले नै पुष्टि गर्दछ । आईपीओ कै कुरा गर्नुपर्दा हाल विभिन्न २६ वटा कम्पनीहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) साधारण सेयर (आईपीओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । 

एक डेढ महिनाभित्रै सबै कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिन्छौँ : बोर्ड अध्यक्ष, हमाल

सेबाेनका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले एक डेढ महिनाभित्रै सबै कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने बताएका छन् । फागुन २३ गते, साेमबार सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले भने, "आईपीओ प्रकृया राेकिँदा कम्पनीलाई पनि घाटा भएको छ । त्यो हामीले बुझेका छौँ । अहिले मेरो टिमले सबै इन्डेक्स हेरिरहेको छ । कुन कम्पनीको प्रकृया कहाँ पुग्यो त्यहाँबाट थाहा हुन्छ । यदि सबै प्रकृया पुरा भएको छ भने त्यसलाई हामी धेरै दिन लगाउदैनौँ दुई तीन दिनभित्रैमा स्विकृती दिन्छौँ । कुनै दोश्रो चरणमा पुगेका छन् भने जस्तो हामीले केही पत्राचार गर्यौँ उताबाट डिटेल आएको छैन भने त्यो चेक गर्न बाँकी छ । त्यसरी अहिले हामीले वर्गिकरण गरिरहेका छौँ ।" सबै पकृया पुरा गरेर अनुमति दिँदा एक डेढ महिना लाग्ने उनले बताए । आईपीओ मात्रै नभएर पाइपलाइनमा रहेका डिबेञ्चर र राइट सेयरहरूकाे पनि प्रकृया चलिरहेकाे उनले जानकारी दिएका छन् ।

आईपीओ स्वीकृतिका लागि सेबोनमा पाइपलाइनमा रहेका २६ वटा कम्पनीहरू यस प्रकारका छन् :

१. मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न साउन १ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले यसअघि नै निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

२. रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

३. थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेड

थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ कराेड ३१ लाख २५ रूपैयाँ बराबरकाे १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न साउन १७ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

४. कुथेली बुखरी स्मल हाइड्रोपावर

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ कराेड ४३ लाख ७३ हजार ५ सय रूपैयाँ बराबरकाे २ लाख ४३ हजार ७ सय ३५ कित्ता आईपीओ निष्कासन गर्न साउन ३२ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

 ५. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख रूपैयाँ बराबरकाे ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असाेज २० गते सेबाेनमा निवेदन दिएकाे छ । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

६. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न कार्तिक २९ गते सेबाेनमा निवेदन दिएकाे हाे ।कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

७. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड

 सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

८. साञ्जेन जलविद्युत

साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नागरिक लगानी काेषले गर्नेछ ।

९. इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

१०. एशियन हाइड्रोपावर कम्पनी लिमिटेड

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ करोड ८० लाख रूपैयाँ बराबरकाे ११ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाैष ११ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

११. रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६८ करोड ४२ लाख १० हजार रूपैयाँ बराबरकाे ६८ लाख ४२ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाैष १३ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

१२. पिपुल्स पावर कम्पनी लिमिटेड

पिपुल्स पावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३० कराेड ९९ लाख ७४ हजार रूपैयाँ बराबरकाे ३० लाख ९९ हजार ७ सय ४० कित्ता आईपीओ निष्कासन गर्न पाैष २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

१३. डिस मिडिया नेटवर्क लिमिटेड

डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे । उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई  क्यापिटल  लिमिटेडले गर्नेछ ।

१४. आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ३१ गते बोर्डमा निवेदन पेश गरेको छ । आईपीओ निष्कासनको लागि कम्पनीकाे बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

१५. मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ कराेड ६४ लाख ११ हजार रूपैयाँ बराबरकाे १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न कार्तिक १४ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

१६. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१७. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

१८. दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख २१ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१९. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

२०. अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेड

अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ ।

२१. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड

 उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

२२. सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड 

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

२३. राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेड

राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदाै ८ गते, सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

 २४. रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

२५. सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्न असाेज ११ गते नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले 'डबल बी माइनस' रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि याे रेटिङले संकेत गर्दछ ।

२६. श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४७ कराेड ७९ लाख रूपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न कार्तिक १० गते, सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कुन कम्पनीकाे आईपीओ प्रकृया कहाँ पुग्याे तलकाे तस्विरहरूबाट हेर्न सकिनेछ :

 

6229b4add864a.jpg 6229b4b55cfb2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको