नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र विक्री खुला गरेको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ 'क' नामक बचतपत्र बिक्रीमा ल्याउने भएको छ । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६-६ महिनामा ब्याजदर प्राप्त हुनेछ ।
नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले चैत्र १ गतेदेखि चैत्र २० गतेसम्मका लागि नागरिक बचतपत्र २०८३ क बिक्री खुल्ला गर्ने भएको छ ।राष्ट्र बैंकले १० प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र बिक्री गर्न लागेको हो ।
उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।
उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८३ चैत्र ३० गते हुने छ ।
यस्तो छ राष्ट्र बैंकले निकालेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस