Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, ०८ : ०९ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नआए के गर्ने ?

नेशनल माइक्रोफाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट बितरण गरेको ५ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत गरी) सेयरधनीहरुको बैंक खातामा जम्मा भएको जनाएको छ । 

संस्थाको माघ ६ गते सम्पन्न भएको आठौँ वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश(कर सहित) २०७८ पुस २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरूको बैंक खातामा नै जम्मा गरिएको र उक्त मिति पश्चात् बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरूको हकमा समेत नगद लाभांश बैंक खातामा नै जम्मा गरिने संस्थाले जनाएको छ । 

हालसम्म सेयर प्रमाणपत्र अभौतिकिकरण नगरेका सेयरधनीले यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत IPS सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न संस्थाले अनुरोध गरेको छ । संस्थाको शेयर रजिष्ट्रार एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ । 

साथै उक्त कम्पनीको सेयर पुस २६ गतेसम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गर्नु भएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र (Release Letter) प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने ब्यहोरा समेत यसै सूचना मार्फत सूचित गर्दछौ ।

संस्थाले प्रकाशन गरेको सूचनाः

622d572215ddd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको