Like us!
Follow us!
Connect us!
Watch us!

डा. सिटौलाले भनेजस्तै गतहप्ता बढेर बन्द भयो नेप्से, यस्तो छ यो साताको उनको प्रक्षेपण ?

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, ११ : ०९ मा प्रकाशित

डा. सिटौलाले भनेजस्तै गतहप्ता बढेर बन्द भयो नेप्से, यस्तो छ यो साताको उनको प्रक्षेपण ?

फाल्गुन महिनाको तेस्रो हप्ता साताभरि नै घटेको बजार साताको कारोबारको अन्तिम दिन १८ गते बुधबार प्यानिक हुँदै बन्द भयो। १९ गते बिहिबार ग्याल्पो ल्होसार परेकाले नेप्सेमा कारोबार भएन।  बजार त्यसरी प्यानिक भएर बन्द भएसँगै त्यसपछिको साता बजारमा प्यानिक सेलिङ्ग बढ्ने र बजार थप घट्ने अनुमान प्राय: लगानीकर्ताहरुले गरेका थिए। तर ज्योतिष डा. सुनिल सिटौलाको प्रक्षेपण भने अर्कै थियो। गत आईतबार नेप्से खुल्दाको समयमा चन्द्रमा शुभ रहेका कारण प्यानिक सेलिङ्ग कम हुँदै जाने र सूर्यको प्रभाव राम्रो रहेकाले बजार केहि न केहि बढेरै जाने प्रक्षेपण उनले गरेका थिए।  उनले प्रक्षेपण गरेअनुसार नै बजारमा बिस्तारै प्यानिक सेलिङ्ग कम हुँदै गयो र गत बिहिबार त ५२ अंक भन्दा धेरैले बजार बढेर बन्द भयो।  

यो हप्ता के होला त बजार ? के भन्छन डा.  सिटौला ?

डा. सिटौलाले यो हप्ता बजार बढ्ने प्रक्षेपण गरेका छन। साताको कारोबारको पहिलो दिन आज आईतबार सर्वार्थसिद्धिको योग जुरेकाले आज सुरुवात गरिने हरेक कामले राम्रो प्रतिफल दिने भएकाले आज सेयर किन्दा राम्रै प्रतिफल पाइने उनले बताएका छन।  'गत साता करिब २० अंकले बढेको नेप्से, यस साता के होला भन्नेमा ज्योतिष शास्त्रबाट विश्लेषण गर्दा साताको सुरुवात मै सर्वार्थसिद्धि योग जुरेको छ।  यो सिद्ध योग हो, बढ्ने नै देखियो।' उनले भने।  

यसअघि सन् २०२२ मा शुक्रको राम्रो प्रभाव परेकाले नेप्से ६००० को हाराहारीमा पुग्ने विश्लेषण गरेका सिटौलाले गरेका प्रक्षेपणहरु प्राय: मिलिरहेकाले लगानीकर्ताहरुले उनको प्रक्षेपणलाइ अर्थपूर्ण रुपमा हेर्न थालेका छन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको