Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा लघुवित्तको ३० कित्ता सेयर कारोबार, कतिमा भयो पहिलो कारोबार ?

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, ११ : ५१ मा प्रकाशित

जाल्पा लघुवित्तको ३० कित्ता सेयर कारोबार, कतिमा भयो पहिलो कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (फागुन ३० गते, सोमबार) जाल्पा सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता ३१८ रुपैयाँ ६० पैसामा कारोबार भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज  निर्धारण गरेको थियो । 

कम्पनीको सेयर नेप्सेमा फागुन २७ गते, शुक्रबार सूचीकृत भएको हो जसअनुसार फागुन २८ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो । तर, उक्त दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन । त्यसैले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो ।

फागुन २७ गते, शुक्रबार कम्पनीको १६ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JALPA सिम्बोल प्राप्त गरेको थियो । 

622edc3f68d9c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको