Like us!
Follow us!
Connect us!
Watch us!

कहिलेदेखि खुल्ला HIDCL को स्थगित लिलामी प्रक्रिया ?

बसन्त पाण्डे

सोमबार, ३० फागुन २०७८, १३ : १७ मा प्रकाशित

कहिलेदेखि खुल्ला HIDCL को स्थगित लिलामी प्रक्रिया ?

फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा राखेर HIDCL ले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो। संस्थापक समूहको सेयर भए तापनि दोश्रो बजारमा सर्वसाधारण सरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोहि आशयका समाचारहरु सञ्चार माध्यमहरुमा आएका थिए। संस्थापक समूहको सेयर कसरी साधारण सरह कारोबार हुन्छ भन्दै धितोपत्र बोर्डले 'अहिले लिलामीमा ल्याएको सेयर कुन प्रकृतिको हो र यसको कारोबार दोश्रो बजारमा कसरी हुन्छ भन्ने कुरालाई स्पष्ट पारेर मात्रै लिलामी प्रकृया अघि बढाउनु; त्यतिन्जेल सम्मलाई स्थगित गर्नु' भनेर HIDCL लाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मको लागि भन्दै लिलामी प्रकृया स्थगित गरेको थियो। 

लिलामी स्थगित भैसकेपछि केहि दिनभित्रमै धितोपत्र बोर्डको निर्देशन बमोजिमको सूचना प्रकाशित गर्ने र लिलामीको प्रकृया अघि बढाउने जानकारी HIDCL का कम्पनी सचिब जीवन कुमार बस्नेतले दिएका थिए।  तर लिलामी स्थगित भएको २ साता बितिसक्दा पनि किन प्रकृया अघि बढ्न सकेन। प्रकृया किन अघि बढ्न सकेन, के कति कारणले रोकियो भन्ने प्रश्नको जवाफमा धितोपत्र बोर्डबाट यसरी अघि बढ्नु भन्ने किसिमको निर्देशन प्राप्त भैनसकेको कारणले अलि लामो समय लागेको कम्पनीले जनाएको छ। 

किन ढिला गर्यो त धितोपत्र बोर्डले निर्देशन दिन ?

केहि समय अघि नेपाल राष्ट्र बैंकले HIDCL लाई प्रत्यक्ष रुपमा आफ्नो नियमनको दायरा भित्र ल्याएको थियो।  त्यसैले यस विषयमा राष्ट्र बैंकको के राय छ भन्ने विषयमा राष्ट्र बैंकको परामर्श मागिएको तर राष्ट्र बैंकबाट केहि रेस्पोन्स आइनसकेको कारण कम्पनीलाई यसरी अघि बढ्नु भन्न नसकिएको जानकारी धितोपत्र बोर्डले दिएको छ। यस विषयमा राष्ट्र बैंकसँग बुझ्दा १/२ दिनभित्रै धितोपत्र बोर्डलाई पत्र पठाउन लगिएको जानकारी प्राप्त भएको छ। धितोपत्र बोर्डको पत्र प्राप्त भएपश्चात यस विषयमा छलफल भैसकेको र राष्ट्र बैंकको राय समेटेर धितोपत्र बोर्डलाई पत्राचार गरिसकेपछि धितोपत्र बोर्डले आवश्यक प्रकृया अघि बढाउने जानकारी पनि राष्ट्र बैंकबाट प्राप्त भएको छ। 

अब के हुन्छ प्रकृया ?

राष्ट्र बैंकको राय धितोपत्र बोर्डमा गईसकेपछि सोहि अनुसार धितोपत्र बोर्डले कम्पनीलाई निर्देशन दिनेछ र निर्देशन पाइसकेपछि कम्पनीले जारी गरिएको लिलामी सेयर कस्तो प्रकृतिको हो, दोश्रो बजारमा यसको कारोबार कुन हिसाबमा हुन्छ भन्ने कुरा खुलाएर सूचना प्रकाशित गर्नेछ र सो सूचना प्रकाशित गरेको केहि दिनभित्र स्थगित लिलामी प्रक्रिया पुन: सुचारु हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको