Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले लाभांश घोषणा सहित डाक्यो साधारणसभा, पहिलोपटक बोनस प्रस्ताव

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०६ : ४७ मा प्रकाशित

नेपाल टेलिकमले लाभांश घोषणा सहित डाक्यो साधारणसभा, पहिलोपटक बोनस प्रस्ताव

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले पहिलो पटक बोनस सेयर प्रस्ताव सहित आफ्नो १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा चैत्र २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ ।

उक्त सभाले कम्पनीको माघ ३० गते सोमबाबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

लगानीकर्ता भन्छन् 'एनटीसीमा ईन्साइडर ट्रेडिङ भयो छानबिन होस्'

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ११ चैत्रदेखि बुक क्लोज गर्नेछ । यसअनुसार १० चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

यस्ताछन् साधारणसभाका प्रस्तावहरुः

१. साधारण प्रस्ताव :

क) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

ख) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।

ग) लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५(घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने।

घ) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् आ.व. २०७७/७८ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. २०/- (अक्षरेपी बीस रुपियाँ मात्र) का दरले नगद लाभांश (बोनस शेयरमा लाग्ने लाभाश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. विशेष प्रस्ताव : 

क) नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन ।

ख) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात कम्पनीको आ.व. २०७४/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयर धनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गरी कम्पनीको जारी तथा चुक्ता पुँजी रु.१८,००,००,००,०००/- (अक्षरेपी अठार अर्ब) पऱ्याउने प्रस्ताव पारित गर्ने ।

३. विविध :

कम्पनीले प्रकाशन गरेकोे सूचनाः

622fe7055b367.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको